रौतहटको लालबकैया खोलामा नुहाउन गएका बेला डुबेर एक बालिकाको मृत्यु भएको छ ।
शनिबार ९भदौ २८० बिहान जितिया पर्वको नहायखायका निम्ति आमासँगै लालबकैया नदीको सबगढामा नुहाउन गएका बेला गौर नगरपालिका–६ की १० वर्षीया करिश्मा साहको मृत्यु भएको हो ।
खोलामा नुहाउने क्रममा बिहान करिब १० बजे डुबेर उनी बेपत्ता भएकी थिइन् । बालिकाको शव दिउँसो करिब १ बजे भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिनुभयो ।