बुटवलको भाटभटेनी सुपरमार्केटमा जेनजी आन्दोलनको क्रममा आइसक्रिम चोरी गरेको प्रमाण सार्वजनिक भएपछि बुटवलस्थित कालिका मानवज्ञान स्कुलले त्यहाँ अध्यापन गराउँदै आएका शिक्षक शिवशंकर शुक्लालाई बर्खास्त गरिएको छ।
गत शुक्रबार मात्र उहा चोरीमा संलग्न भएको प्रमाणस्वरूपका तस्वीरहरू सार्वजनिक भएका थिए।
विद्यालयका प्राचार्य दिनेश थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ “भदौ २४ गते भएको जेनजी आन्दोलनको प्रदर्शनमा शिक्षक शिवशंकर शुक्ला सहभागी भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा देखिएको अनियमिततामा संलग्न रहेको प्रमाणित भएकाले विद्यालयको आचरण संहिता र नियमविपरीत काम गरेको ठहरिएको छ। सोही कारण उहाँलाई आजैका मितिदेखि लागू हुनेगरी पदमुक्त गरिएको छ।”