मंगलबार २४ भदौ, २०८२

नेपाली समय

काठमाडौं महानगरपालिकामा तीन दिन विद्यालय बन्द

काठमाडौं महानगरपालिकामा तीन दिन विद्यालय बन्द

काठमाडौं महानगरपालिका अन्तर्गत पर्ने विद्यालयहरू तीन दिन बन्द हुने भएको छ।

सोमबार महानगरपालिकाले एक सूचना जारी गर्दै मंगलबार, बुधबार र बिहीबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

बानेश्वरमा भएको जेनजी पुस्ताको प्रदर्शनपछिको अवस्थालाई मध्यनजरमा राखेर महानगरपालिकाले तीन दिन बन्द गर्ने निर्णय गरेको हो।

जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग र गोली प्रहार गर्दा काठमाडौंमा मात्रै १७ जनाको मृत्यु भएको छ।

इटहरीमा भएको प्रदर्शनका क्रममा पनि प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ।

यसरी मृत्यु हुनेको संख्या १९ पुगेको हो। प्रदर्शनको क्रममा ज्यान गुमाउनेहरू विद्यार्थीहरू छन्।