आइतबार १६ कात्तिक, २०८२

नेपाली समय

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज (सोमबार) सार्वजनिक हुने भएको छ। नतिजा प्रकाशनका लागि राष्ट्रिय परीक्षा बोर्डले आज साँझ ५ बजे बैठक आह्वान गर्ने तयारी गरेको छ।

परीक्षा बोर्ड स्रोतका अनुसार, आइतबार (हिजो) नतिजा सार्वजनिकपूर्व अन्तिम परीक्षण (डेमो) गरिएको थियो।
"हिजो अन्तिम डेमो गरिएको थियो। आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो," स्रोतले जानकारी दिएको छ।

शैक्षिक क्यालेन्डरअनुसार १५ साउनभित्र नतिजा सार्वजनिक गर्नुपर्ने भए तापनि, गत २० चैतदेखि शिक्षकमध्ये एक समूहद्वारा सञ्चालित २९ दिन लामो आन्दोलनका कारण प्रक्रिया ढिलो भएको हो।

यसै आन्दोलनका कारण ११ वैशाखमा सुरु हुने भनिएको परीक्षा २१ वैशाखदेखि सञ्चालन गरिएको थियो।

यस वर्ष कक्षा १२ को परीक्षामा कूल ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए।