बिहीबार २५ पुस, २०८१

नेपाली समय

बझाङमा सुत्केरी महिला र नवजात शिशुको बाटोमै असमयिक निधन

बझाङमा सुत्केरी महिला र नवजात शिशुको बाटोमै असमयिक निधन

बझाङ जिल्लामा अस्पताल लैजाँदै गर्दा २१ वर्षीया गर्भवती महिला र नवजात शिशुको बाटोमै असमयिक निधन भएको छ।

केदारस्युँ गाउँपालिका-१ निवासी सविता बोहरालाई सोमबार स्थानीय महिलाहरूले प्रसूति गराउन अस्पताल लैजाँदै गर्दा यो दुःखद घटना भएको हो। यात्रा क्रममा सविताले बाटोमै शिशुलाई जन्म दिनुभयो। तर, अत्यधिक रक्तश्रावका कारण उहाँको निधन भयो। नवजात शिशुको पनि केही समयपछि असमयिक निधन भएको गाउँपालिका-१ का वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिनुभयो।

बझाङ, बाजुरा, अछामलगायत दुर्गम जिल्लाहरूमा प्रसूति सेवामा सहज पहुँचको अभावका कारण हरेक वर्ष महिलाहरूले ज्यान गुमाउनुपर्ने कठोर यथार्थ झेल्नुपरेको छ। समयमै स्वास्थ्य संस्थामा पु¥याउन नसक्दा यस्ता दुःखद घटनाहरू बारम्बार दोहोरिइरहेका छन्।

बालअवाजको अपिल:

यो घटना दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न र सुरक्षित मातृत्वको अधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायहरूलाई गम्भीर ध्यानाकर्षण गराउने खालको छ। मातृ स्वास्थ्य सुरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता यस घटनाले प्रस्ट रूपमा देखाएको छ।