जन्म पनि दियौ आमा
हुर्कायौ र बढायौ ।
तोते बोली फुट्नै
नपाई स्कुलमा पठायौ ।।
मिठो मिठो पकाएर
सधैँ मलाई खुवायौ ।
गृहकार्य नजान्दा
राम्रोसँग सिकायौ ।।
ज्ञान ज्योति फैलाउने
मेरी प्यारी आमालाई ।
हौसला र प्रेरणाले
सधैँ अगाडि बढाउनलाई ।।
केही काम बिगारेमा
फेरि सिकाउनु भो ।
राम्रा राम्रा कुरा सिकाई
अघि बढाउनु भो ।।
संस्कार र संस्कृतिको
संरक्षण गर्नलाई ।
राम्रो कुरा सिकाएर
अघि बढाउनु भो मलाई ।।
कसो गरी पूरा गरौँ
मेरी आमाको चाहना ।
सधैँ अघि बढिरहुँ
भन्ने हुन्छ भावना ।।
विज्ञाता घिमिरे, त्रिपुरा ग्लोरियस एकेडेमी, चरीकोट, दोलखामा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ ।
(मुना मासिक बाल पत्रिकाको २०८१ मङ्सिर अंकमा प्रकाशित ।)