६० औं राष्ट्रिय बाल दिवसको अवसरमा तुलसीपुरमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा समाजिक विकास शाखा र नगरस्तरिय बालसञ्जालको आयोजना गुरुजजुर माध्यामिक विद्यालय रक्षाचौरमा सचेतनामूलक कार्यक्रम भएको हो । नगर बाल सञ्जालकी उपाध्यक्ष प्रशंसा केसीको अध्यक्षमा तथा तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिकि सदस्य लालमति भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी, भन्ने मुल नाराका साथ भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा समाजिक बिकास शाखा प्रमुख माया श्रेष्ठले बालबालिकालाई बालबिबाह, लागू औषध, साईबर अपराध, घरेलु हिंसा जस्ता अपराधहरुको बारेमा सचेत गराउने उदेश्यले सचेतना मूलक कार्यक्रम गरेको गरेको बताउनुभयो । उहाँले बालबालिका भबिष्यको कर्णाधार, नेतृत्वकर्ता हुने भएकाले बालबालिकामा लगानी गरेमा शान्ति समृद्धि र सक्षम राष्ट्र निर्माण गर्न सकिने बताउनुभयो । नेपालको साक्षरता हेर्दा अहिले पनि बालकको संख्या बढि र बालिकाको संख्या कम रहेका छ । अहिले पनि हरेक क्षेत्रमा शोषन भईरहेकाले त्यसलाई न्युनिकरण गर्न आफुहरु लागेको उहाँले बताउनुभयो ।