सेन्ट्रल एशियन भलिबल एसोसिएसन (काभा) को आयोजनामा आगामी अक्टोबरको पहिलो साता श्रीलंकामा हुने प्रतियोगितामा भाग लिने १२ जनाको टोलीमा बुटवलको एउटै स्कुलका ३ जना विद्यार्थी छनोट भएका छन् ।
लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै बुटवलको न्यू होराइजन माविका विद्यार्थीहरु सूर्य विक, सागर रसौली र लेशमन राहाडीमगर टोलीमा छनोट भएका हुन् । सात प्रदेशमा भएको छनोटबाट सबैभन्दा धेरै लुम्बिनी र सुदूरपश्चिमबाट ३–३ जना छनोट भएका हुन् ।
यसअघि १८ जना छनोट भएकामा एक महिनासम्म चलेको बन्द प्रशिक्षणबाट उत्कृष्ट १२ खेलाडी छनोट भएका हुन् ।
टोलीमा पहल गहतराज (कर्णाली), सुरेश मल्ल (सुदूरपश्चिम), अशोक राना (सुदूरपश्चिम), शैलेन्द्र यादव (मधेश प्रदेश), जित बहादुर सार्की (गण्डकी), सुर्य वि।क। (गण्डकी), सुजन सुनार (बागमती), अर्जुन नेपाली (सुदूरपश्चिम) र विश्वास अधिकारी (गण्डकी) छनोट भएका भलिबलका राष्ट्रिय प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिए ।
न्यू होराइजनबाट छनोट भएका खेलाडीहरुलाई विद्यालयले खेल सामग्रीसहित सम्मान गरेको छ ।