‘स्केट जोन’ बालबालिका खेल्ने र रमाउने थलो बनेको छ । पाल्पाको रामपुर नगरपालिका–५, बेझाड बजारमा सञ्चालनमा आएको रामपुर स्केट जोनमा बालबालिकाहरूको आकर्षण बढ्दो छ । यहाँ दैनिक खेल्नेको उत्साहजनक रूपमा सहभागिता बढेको छ ।
फुर्सदको समय निकालेर स्केट जोनमा आएर खेल खेल्ने गरेको रामतलुसी नमुना माविमा कक्षा ९ मा पढ्ने छात्रा साकिया बानु बताउँछिन् । उनी विद्यालय खुलेका बेला साँझ बिहान तथा बिदाका दिन दिउँसोमा आएर खेल्ने गर्छिन् । ुखेल खेल्दा शारीरिक तथा मानसिक रूपमा नै आनन्द महसुस हुन्छ, यहाँ खेल खेलेर घर गएपछि लेखपढ गर्न उत्साह थपिएको अनुभूति गरेकी छु, समय मिलाएर आइराख्ने गरेको छुु, बानुले भनिन् ।
मदरसा नुरुल आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्ने छात्रा अदिबा अन्जुम पनि घरमा गृहकार्य सकिएपछि पढाइ नबिग्रने गरी एक घण्टाको समय यहाँ आएर खेल्ने गर्छिन् । तीन महिनादेखि स्केट जोन सञ्चालनमा आएको छ । रामपुरका ६ युवाले आफ्नै गाउँठाउँमा नयाँ व्यवसाय गर्ने सोचका साथ दुई रोपनी जग्गा १० वर्षसम्मका लागि भाडामा लिएर व्यवसाय सुरु गरेका हुन् । करिब एक करोडको लगानीमा उक्त व्यवसाय सुरु गरिएको हो । अहिले दैनिक ७० देखि ८० जनासम्म खेल्न आउने गर्दछन् । बिदाको दिनमा दुई सयभन्दा व्यक्ति बढी आउने गरेको सञ्चालक अशोक श्रेष्ठले बताए ।
व्यवसाय सुरु भएको करिब तीन महिना भएको छ, राम्रै चलेको छ । बालबालिका, युवा, ज्येष्ठ नागरिक सबै उमेर समूहको आकर्षण बढ्दो छु, उनले भने, ुजनघनत्व बढ्दै गएको रामपुरमा स्केट जोन सुरुवात गरेपछि मोबाइल, टिभी हेरेर समय बिताउने बालबालिका समय मिलाएर फुर्सदको समय यहाँ खेल्न व्यस्त बनेका छन् ।
टिकटको मूल्य एक घण्टाका लागि एक सय ५० रुपैयाँ कायम गरिएको छ । यहाँ बिहान ७ देखि साँझ ९ बजेसम्म खेल्ने व्यवस्था छ । खेल खेल्दा सुरक्षाका लागि हेल्मेट, जुत्ता, हातखुट्टामा लगाउने सेफ्टी गार्डको व्यवस्था गरिएको छ । खेल्ने क्रममा चोटपटक लागेमा एक लाख रुपैयाँसम्मको दुर्घटना वीमासमेत गरिएको सञ्चालक श्रेष्ठले बताए ।
स्केट जोनमा आएर खेल्दा मन भित्रै देखि आनन्दित हुने गरेको प्रवीण सेन बताउँछन् । उनी बेलाबेलामा स्केट जोनमा आएर खेल खेलेर आनन्द लिने गर्छन् । यो खेल स्वास्थ्यका लागि फाइदाजनक रहेको उनको भनाइ छ ।
बालबालिका विद्यालय छुट्टी भएपछि घरमा मोबाइल र टेलिभिजनमा व्यस्त हुन्थे । केही बालबालिका कुलतमा फस्ने स्थितिलाई यहाँ स्केट जोन सुरुआत गरिएपछि खेल्न तर्फ उनीहरूको ध्यान तानिएको छ । अहिले बालबालिकाको ध्यान बढी मोबाइलमा, टेलिभिजनमा केन्द्रित भएकाले त्यो बानी हटाउन स्केट जोन थालनी गरिको सञ्चालक सन्तोष पोखरेलले बताए । उनले भने, विद्यालय बिदाको दिन, साँझ सबहान समय मिलाएर बालबालिका आउने गर्छन्, शान्त वातावरण आनन्दले खेल खेलेर फर्कने गरेका छन्, फुर्सदको समय खेलमा बितेको छ ।ु