सोमबार ०८ पुस, २०८१

नेपाली समय

चौतारी बाल घर का बालबालिकालाई खिर खुवाएर खिर दिवस मनाईयो

&autoplay=1&mute=1

काठमाडौंको नयाँ बानेश्वर स्थित छहरी अनाथा आश्रमका बालबालिकासँग खिर खाने दिन अथात साउन १५ मनाएको छ । रोटरी क्लब अफ डिल्लीबजार र रोट्र्याक्ट क्लब अफ डिल्लीबजारको संयुक्त आयोजनामा चौतारी बाल घरमा रहेका बालबालिकाहरु लाई खिर खुवाएर खिर दिवस मनाएको हो ।

२१ जना बालबालिका रहेको चौतारी बाल घर का बालबालिकालाई खिर खुवाउने सँगै स्टेशनरी सामग्री समेत वितरण गरिएको थियो ।  साथै चौतारी बाल घरमा रहेका बालिकाहरुका लागी स्यानिटरि प्याड समेत वितरण गरिएको थियो ।

जुलाई महिना लाई रोटरी क्लबमा बाल स्वास्थ्य र खुशी (Child Health and Happiness) का लागी मातृ र बाल स्वास्थ्य (Maternal and Child Health) महिनाका रुपमा बिभिन्न अभियानहरु सन्चालन गरि मनाईने गर्दछ ।