बालमैत्री नेपाल र बाल समता नेपालको संयुक्त आयोजनामा मंगलकारबाट ७ दिने बाल उद्घोषण तालिम सुरु भएको छ । नेतृत्व तथा क्षमता विकासका लागि बालबालिकाहरुको सहभागिता अभिवृत्ति गर्नका लागि तालिम आयोजना गरिएको बालमैत्री नेपालले जनाएको छ । तालिम अन्लाईन माध्यमबाट हरेक दिन बेलुका साझँ ७ बजे देखी ९ बजे सम्म सञ्चालन हुनेछ ।
तालिममा देश भरी बाट अनलाईन फारम मार्फत आवेदन दिएर छनोट भएका १५० जनाको सहभागिता रहेको बालमैत्री नेपालका महासचिव सुभम देवकोटाले जानकारी दिनुभयो ।देश भर बाट प्राप्त करिब ५०० आवेदन बाट छनोट भएका बालबालिकाहरु लाई तालिममा सहभागि गराईएको बालमैत्री नेपालका अध्यक्ष क्षितिज पौडेलले जानकारी दिनुभयो । साउन २१ गते सम्म चल्ने तालिमको पहिलो दिन पत्रकार देवेन्द्र लुइटेल ले सहजीकरण गर्नुभएको थियो ।
७ दिने बाल उद्घोषण तालिमको उद्घाटन समारोह बालमैत्री नेपालका अध्यक्ष क्षितिज पौडेलको अध्यक्षातामा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकाल रहनुभएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा, अधिवक्ता सुनित त्रिपाठी, अतिथिहरु तुलसिपुर उपमहानगरपालिका महिता तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, बाल समता नेपालका अध्यक्ष भुपेश घिमिरे लगायत रहनुभएको थियो ।