सोमबार ०८ पुस, २०८१

नेपाली समय

बालसुधार गृह सुधार्नुपर्नेछ : गृहमन्त्री लेखक

&autoplay=1&mute=1

गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको अवस्था सुधार्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताउनुभएको छ  ।

आइतबार संघीय संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उहाँले कारागार र बाल सुधार गृहमा भौतिक संरचनाको अभाव देखिएको र यसको सुधार गर्न सबैलाई सरकारले राम्रोसँग सञ्चालन गर्नुपर्ने देखिएको गृहमन्त्री लेखकले बताउनुभयो । 

अहिले नेपालमा आठवटा जिल्लामा नौवटा बालसुधार गृह रहेको छ । कैदीबन्दीको सिदा र दैनिक खर्च कम भएको विषयमा पनि सरकारको ध्यान गएको उनले बताए । कैदी बन्दीले भोग्नुपरेको स्वास्थ्य र सरसफाइका समस्या सम्बोधन गर्न पनि ध्यान दिने मन्त्री लेखकले बताउनुभयो ।


कानून, न्याय तथा मानव अधिकार समितिले मुलुकभरका बाल सुधार गृह र कारागारको अनुगमनका लागि बनाएका तीन वटा उपसमितिले आइतबार नै समितिमा प्रतिवेदन बुझाएका छन् । प्रतिवेदनमा बाल सुधार गृह, कारागारको समग्र अवस्था, चुनौती र सुधार गर्नुपर्ने कामबारे उल्लेख छ ।