केपी शर्मा ओली नेपालकाे ४५ आैं प्रधानमन्त्री नियुक्त भएपछि पहिलो दिननै एक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको छ । सोमबार बसेको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले ०८२ साल असार मसान्तभित्र नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको हो ।
नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को पहिलो बैठकले ०८२ असार मसान्तसम्ममा नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको जानकारी दिनुभयाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा समेत सडक बालबालिकामुक्त बनाउने भन्दै विशेष अभियानको सञ्चालन गर्नुभएको थियाे ।