सोमबार ०८ पुस, २०८१

नेपाली समय

नासाले अमेरिकी निजी कम्पनिको रकेटबाट अन्तरिक्षमा मान्छे पठाउने नासा

नासाले अमेरिकी निजी कम्पनिको रकेटबाट अन्तरिक्षमा मान्छे पठाउने नासा

ऐजेन्सी अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा) ले १० वर्ष पछि पहिलोपटक मानिससहितको रकेट पठाउन लागेको छ । यस पटक नासाले अमेरिकी निजी कम्पनिको रकेटबाट मान्छे पठाउने भएको छ । अहिलेसम्म नासाले मानिसहरुलाई अन्तरिक्षमा पठाउन सन् २०११ यता रुसी रकेटको प्रयोग गर्दै आएको थियो । अहिले घोषणा गरिएको मिसन सफल भए एलन मस्कको स्पेसएक्स अन्तरिक्षमा नासाका वैज्ञानिक पठाउने पहिलो निजी कम्पनी बन्नेछ ।

नासाले यहि मे महिनामा अमेरिकाबाट अन्तर्रा्ष्ट्रिय स्पेस स्टेशन (आईएसएस)मा दुई अन्तरिक्षयात्री पठाउने तयारी गरेता पनि केहि समय पछि मात्र पठाउने जनाएको छ । नासाका अनुसार अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट मे २७ मा स्पेसएक्सले निर्माण गरेको रकेटमा दुई अन्तरिक्षयात्रीलाई आईएसएसमा पठाइनेछ ।

यस पटक नासाले बोब बेनकेन र डोउग हर्लीलाई पठाउने तयारी गरेको छ । उनीहरुलाई आईएसएसमा पुग्न पृथ्वीबाट उडेपछि २४ घण्टा लाग्नेछ । अहिले आईएसएसमा एक अमेरिकी र दुई रुसी अन्तरिक्ष यात्री छन् ।