सोमबार ०८ पुस, २०८१

नेपाली समय

नोभल कोरोना भाइरस र बालबालिका सुरक्षा

नोभल कोरोना भाइरस र बालबालिका सुरक्षा

नोभल कोरोना भाइरस (कोभिड-१९)
यो नयाँ प्रजातिको भाईरस हो । जुन मानब जातिमा पहिलो पटक पहिचान भएको हो । यस भाईरसले सामान्य रूघाखोकी देखि गम्भीर प्रकारको लक्षणहरु देखाउदछ । कोरोना भाइरस रोगको प्रकोप पहिलो पटक चीनको वुहान, हुबेईमा डिसेम्बर २०१९ मा पहिचान गरियो र ११ मार्च २०२० मा विश्व स्वास्थ्य संगठन (WHO) द्वारा महामारीको रूपमा मान्यता दिइयो। यस रोगको उपचारको लागि कुनै खोप वा विशिष्ट एन्टिवाइरल उपचार छैन, तर अनुसन्धान जारी छ ।

नोभल कोरोना भाइरस के हो 󠇃?

यसलाई हाल कोभिड-१९ (अर्थात कोरोनाभाइरस ) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ । यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९-एन-कोभि (2019-nCoV)’ भन्ने गरिएको थियो । कोभिड(१९ भाइरस एक परिवर्तित स्वरुपको भाइरस हो । जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रूघाखोकीसँग पनि सम्बन्धित मानिएको छ ।

कोरोना भाइरसका लक्षणहरू

सामान्य लक्षण

  • ज्वरो आउने ।
  • रूघाखोकी लाग्ने तथा स्याँस्याँ हुने ।
  • घाटी तथा टाउको दुख्ने ।
  • कमजोर महसुस हुने ।
  • शरिरका मांसपेसीहरु दुख्ने ।
  • श्वासप्रश्वासमा अत्याधिक समस्य हुने ।

कडा लक्षणहरु

  • उच्च ज्वरो आउने
  • श्वास फेर्न गाह्रो हुने साथै ओठ र जिब्रो निलो हुने
  • कम्पन आउने
  • निमोनिया हुने
  • अन्त्यमा ज्यान समेत जान सक्छ ।
  • कोभिड-१९ सर्ने तरिका
  • यो भाइरस स्वासप्रश्वासको माध्यम बाट सर्ने सरुवा रोग हो ।
  • संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा, नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट एक व्यक्ति बाट अर्को व्यक्तिमा सर्दछ ।
  • संक्रमित व्यक्ति संग हात मिलाउदा, अंकमाल गर्दा संक्रमित व्यक्तिले प्रयोग गरेको सामान प्रयोग गर्दा, सँगै बस्दा पनि यो रोग सर्न सक्छ ।

संक्रमणको जोखिमबाट जोगिन के गर्न सकिन्छ ।

संक्रमणको जोखिमबाट आफु र आफ्नो परिवारलाई जोगाउन तपाईंले निम्न उपायहरू अवलम्बन गर्न सक्नुहुन्छ ।

  • साबुन पानीले कम्तिमा पनि २० सेकेन्ड मिची मिची हात धुनुहोस वा अल्कोहलमा आधारित स्यानिटाइजर प्रयोग गर्नुहोस् ।
  • खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी(रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस् ।
  • संक्रमित व्यक्तिको सम्पर्कमा नआउँने वा भिड भाडमा नजानुहोस् ।
  • रुघाखोकी वा फ्लुका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस् ।
  • घर बाहिर जादा मास्कको प्रयोग गर्नुहोस ।
  • आफु वा आफ्ना बालबालिकामा ज्वरो, खोकि वा सास फेर्न कठिनाई भएमा तुरून्तै स्वास्थ्य सेवा लिनुहोस् ।
  • सके सम्म आँखा, नाक तथा मुखमा हातले नछुनुहोस ।
  • दैनिक रुपमा घर तथा प्रयोग हुने सामान सफा गर्नुहोस ।
  • आफनो टोल छिमेकमा संक्रमित व्यक्ति भेटिएमा स्थानीय सरकारले बनाएको नियम को पालना गर्नुहोस ।

बालबालिका र कोभिड-१९
हालको अवस्थामा बालबालिकाहरुले कोरोना भईरसको बारेमा विभिन्न संचार माध्यमा बाट सुनिरहेका छन् । त्यसैले गर्दा बालबालिकाहरुलाई यसको बारेमा विभिन्न भ्रम तथा जिज्ञासा भएको छ । उनीहरुले कोरोना भईरसको बारेमा धरै जिज्ञासाहरु देखाउने र सोध्ने गर्दछन । बालबालिकाहरुलाई यो कोरोना भईरसको बारेमा सचेत गराउनु पर्दछ । अभिभावकहरुले बालबालिकाहरुलाई सही उत्तर दिएर उनीहरुमा भएको भ्रमलाई हटाउनु पर्दछ । घर परिवारका सदस्यहरुको बिचमा राम्रो सम्बन्ध भएमा बालबालिकाहरुले नकरात्मक सोच लिन पाउदैनन् । जसले गर्दा उनीहरुलाई मानसिक समस्याहरु बाट बचाउन सकिन्छ । बालबालिकाहरु लाई राम्रो आनी बानि सिकाउन दैनिक तालिका बनाएर उनीहरुलाई सोहि अनुरुप दिनचर्या गाराउनु सकेमा उनीहरुलाई मानसिक तनाब बाट पनि मुक्त गर्न सकिन्छ ।
बालबालिकामा कोभिड-१९ का लक्षण देखिएमा के गर्ने ?


कोभिड-१९ को लक्षण देखिएमा स्वास्थ्य सेवा लिनु पर्दछ तर कृपया याद राख्नुहोस् ( खोकी र ज्वरोजस्ता सामान्य रुघा खोकीको लक्षण र कोभिड-१९को लक्षण उस्तै देखिन सक्छन् र हालको मौसममा धेरैलाई सामान्य रुघाखोकी मात्रै लागेको हुनसक्छ । नियमित रुपमा हात तथा श्वासप्रश्वासको सरसफाईका आनिबानीमा विशेष ध्यान दिंदै बालबालिकालाई लगाउनु पर्ने खोप पनि समय तालिका अनुसार प्रयोग गर्नुहोस् ताकि उनीहरूलाई अन्य संक्रमणबाट जोगाउन सकियोस् ।
आफ्ना बालबालिकामा फ्लु जस्ता श्वासप्रश्वास सम्बन्धी अन्य संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् र अरूलाई संक्रमणबाट जोगाउन भिडभाड हुनसक्ने कार्यालय, विद्यालय, सार्वजनिक यातायात जस्ता सार्वजनिक स्थानबाट टाढै रहनुहोस् ।


कोरोनाभाइरस रोग (कोभिड-१९) का बारेमा सुनिएका धेरै थरिका कुराका कारण आत्तिनु वा चिन्ता लाग्नु स्वाभाविक हो । तपाईंका छोराछोरी पनि अत्तालिएका हुन सक्छन् । इन्टरनेट वा टेलिभिजनका साथै अन्य मानिसहरूबाट सुनिएकारदेखिएका विभिन्न जानकारीहरू बालबालिकाका लागि बुझ्न कठिन हुने भएका कारण उनीहरू हतासपन, तनाव वा उदासीको जोखिममा पर्न सक्छन् । तर उनीहरूसँग खुला र सकारात्मक छलफल गर्न सकेमा उनीहरूलाई यसबारे जान्न सहयोग पुग्ने मात्र नभई उनीहरूले अरुका लागि पनि सकारात्मक योगदान दिन सक्छन् । त्यसैले बालबालिकाहरुलाई ब्यस्त बनाउनको निम्ती निम्नलिखित तरिकाहरु अपनाउन सकिन्छ ।

  • दैनिक गर्ने कार्यहरुको कार्य तालिका बनाउने जस्तै स् उठ्ने समय, खाना खाने, पढ्ने, खेल्ने, सुत्ने इत्यादी ।
  • लकडाउनको समयमा बालबालिकाहरुलाई नयाँ कुरा सिकाउनु को साथ साथै ब्यस्त राख्नको लागि नाच्न सिकाउने, गीत गाउँन सिकाउने, कथा, कविता सुन्न तथा लेख्न सिकाउने ।
  • आफ्ना बाल बालबालिकालाई घरायसी काम पनि सिकाएर ब्यस्त राख्न सकिन्छ, जस्तै स् खाना पकाउने, भाडा माज्ने , कपडा धुने , घर सफा गर्ने, आफनो बिस्तारा मिलाउने ।
  • बालबालिकाहरु संग उफ्रिने, दौडिने अथवा अरु शारीरिक क्रियाकलाप गरेमा उनीहरुलाई शारीरिक कसरत हुनुका साथै तनाब मुक्त गर्न समेत सहयोग गर्दछ ।
  • उनिहरु लाई नयाँ सिपमुलक कार्य गर्नको लागि पनि हौसला दिनु पर्छ, जस्तै स चित्र बनाउने, माटाको भाडा, कागजका फुल वा उनीहरुको रुची अनुसारको कार्यमा व्यस्त राख्न सकिन्छ ।
  • अहिलेको समयमा बिद्यालय बन्द भएको कारणले बालबालिकाहरु धरै मोबाइल, इन्टरनेट तथा टेलीभिजनमा ब्यस्त रहने हुनाले उनीहरुलाई यसको लतबाट बचाउनको लागि मोबाइल, इन्टरनेट तथा टेलीभिजन उपयोगको लागि निश्चित समय तोकी दिने र त्यस समयमा पनि अभिभावकको निगरानीमा राख्ने । उनिहरु लाई उपयोग हुने खालको सूचना तथा जानकारीमुलक बिषय मात्र हेर्न दिने, जस्तै इन्टरनेटमा गाउने, नाच्ने तरिका, भाषण कला आदि ।
  • बालबालिकाहरुले कोरोनाको बारेमा विभिन्न माध्यम बाट धेरै कुरा सुनीरहेका हुन्छन र उनिहरुले कति नकारात्मक सूचनाहरु पनि देखेका तथा सुनेका हुन्छन , जसले गर्दा बालबालिकाहरुमा तनाब सिर्जना हुन् सक्छ , त्यसैले अभिभाबकहरुले उनिहरु संग बसेर छलफल गरि सहि जानकारी प्रदान गरि उनिहरु लाई यस रोग बाट बच्ने तरिकाहरु सिकाउनु पर्दछ ।

बालबालिकालाई हामीले तनावको अवस्थामा छोडेका छैनौं भनेर बुझ्न जरूरी छ । कुराकानी अन्त्यतिर उनीहरूको बोलीको प्रकृति तथा श्वासप्रश्वासको गति आदि शारिरीक हाउभाउ हेरेर उनीहरूको तनावको स्थिति मापन गर्नुहोस् । उनीहरूलाई आवश्यक परेको खण्डमा कुनैपनि बेला आफुसँग यस प्रकारका अप्ठ्यारो विषयमा कुराकानी गर्न सक्ने बुझाउनुहोस् । तपाईंले उनीहरूको ख्याल गर्नुहुन्छ, उनीहरूको कुरा ध्यानपुर्वक सुन्नुहुन्छ र चिन्तित हुँदा कुनैपनि बेला आफु उपलब्ध भएको जानकारी दिनुहोस् ।

(विष्णु देबकोटा पेशाले स्वाथ्यकर्मी हुनुहुन्छ ।)