सोमबार ०८ पुस, २०८१

नेपाली समय

बालबालिकाहरका लागि खेल्न उत्कृष्ट दश भिडियो गेम

बालबालिकाहरका लागि खेल्न उत्कृष्ट दश भिडियो गेम


लकडाउनको कारणले भाईबहिनिहरु लमो समय देखि घरमै हुनुहुन्छ । पक्कै पनि भाईबहिनिहरुले आफ्नो समय रचनात्मक काममा लगाउनु भएको छ होला । अहिलेको डिजिटल युगमा हामिलाई दिन कटाउन कम्प्युटर तथा स्मार्टफोन साथी बनेको छ । जहाँ तपाईंले आफ्नो खाली समय व्यतित गरिरहनु भएको छ ।भाईबहिनिहरु अब एकछिन तपाईहरुको अभिभावक सँग कुरा गर्छु है । लकडाउनको समयमा बालबालिकाहरुको लागि मात्र नभई अभिभावकहरुका लागि पनि कम्प्युटर तथा स्मार्टफोन आफ्नो खाली समय व्यति गर्ने साहारा बनेको छ । कतै तपाईंसँगै तपाईंका बालबालिकाको पनि डिजिटल डिस्प्लेमा व्यतित गर्ने समय अनियन्त्रित रुपमा बढेर गइरहेको छ कि ?
यदि तपाई आफ्ना बाबुनानीको भिडियो गेम खेल्ने समयलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने तपाई पनि उनीहरु सँगसँगै भिडियो गेममा समय बिताउनुहोस् । यो समय तपाईंले आफ्ना बालबालिकाहरुसँग भिडियो गेमहरु खेल्न सक्नुहुन्छ । हामी तपाईंलाई केही भिडियो गेमका विकल्पहरु दिदैँछौं, जसबाट तपाईं आफ्ना बालबालिका र परिवारका अन्य सदस्यसँग रमाइलो गर्न सक्नुहुन्छ । यस बाट आफ्ना बाबुनानीहरु लाई अनलाईन बाट हुने हिंसा बाट जोगाउन समेत मद्दत पुग्दछ ।


१. निनटेण्डो लाबो
निनटेण्डो लाबो महंगो र लामो खेल हो । तपाईंका बालबालिका जिज्ञासु किसिमका र धैर्यवान् अनि कलाकीर्ति मन पराउने किसिमका छन् भने लाबो गेम उपयुक्त हुनसक्छ । यसले बाबुनानीहरुलाई सृजनशिल हुन सिकाउँछ र तपाई पनि बच्चासँगै यो गेममा सहभागी हुनसक्नुहुन्छ । तपाई यस खेलमा सहभागि भएर आफ्ना बाबुनानीहरुको सृजनशिलतालाई सहयोग पु¥याउन सक्नुहुन्छ ।


२. स्प्लाटून टू
तपाईहरु आफ्ना बाबुनानीहरु शुटर गेमको लतको कारणले हैरानी हुनुभएको होला । धेरै अभिभावकहरु आफ्ना बाबुनानीलाई अनलाइन शूटर गेमबाट अलग गर्न चाहानुहुन्छ । तर स्प्लाटून टू एउटै मात्र यस्तो अपवादपूर्ण गेम हो, जसले एउटा अत्याधुनिक र कूल किसिमको रमाइलोपन दिन्छ । अन्य शूटर्स गेमको तुलनामा यो अनलाइन गेम सुरक्षित पनि छ । यदि तपाईं शूटर गेममा पनि बच्चालाई बालमैत्री वातावरण दिन चाहनुहुन्छ भने यो गेम खेलाउन सक्नुहुन्छ ।

३. सुपर मारियो थ्रीडी वर्ल्ड
अभिभावकहरुलाई आफ्ना बालबालिकाहरु मोबाईल तथा कम्प्युटरमा व्यस्त हुदाँ उनिहरुको सुरक्षमा सदैव चिन्तित बनाईरहेको हुन्छ । सुपर मारियो थ्रीडी वर्ल्ड गेम अहिलेसम्मकै उत्कृष्ट बालमैत्री गेम हो । यो गेमका सबै चरणहरु खुला र बालमैत्री छन् । यो गेममा साधारण कन्ट्रोल टेक्निकहरु प्रयोग हुन्छन् ।
यसले बालबालिकाको चर्तुराई पर्याप्त रुपमा विकास गर्नसक्छ । यो एउटा मल्टिप्लेयर अर्थात धेरै जनाले एकसाथ खेल्न सकिने गेम हो । यदि तपाईं परिवारजनसँग बसेर खेल्ने किसिमको गेमको खोजीमा हुनुहुन्छ भने यो गेम तपाईंका लागि उपयुक्त छ ।


४. ओभर कुक्ड
तपाईहरु व्यस्त भएर कतै आफ्ना बाबुनानीहरु लाई धेरै समय दिन पाउनुभएको त छैन् । थोरै समयमा परिवार सँग हास्दै रमाउदै समय बिताउनका लागि ओभर कुक्ड गेम सहयोगी हुन सक्छ ।
एउटै स्क्रीनमा खेलिने ओभरकुक्ड एउटा मल्टिप्लेयर अर्थात धेरै जना सहभागी भएर खेल्न सकिने गेम हो । हल्ला गर्दै, जित्दै, हार्दै, पारिवारिक वातावरणमा यो गेम खेल्न निकै रमाइलो हुन्छ ।


५. रेम्यान लिजेण्ड
मेबाईल तथा कम्प्युटरमा खेलिने खेल बाट पनि बाबुनानीहरुले केहि सिकुन भन्ने अपेक्षा अभिभावकहरले गर्ने गरेको पाईन्छ । यो डिजिटल युगमा लाखौंमा केहि यस्ता गेम छन् जस्ले अभिभावकको चाहाना पुरा गर्दछ ।
रेम्यान लिजेण्ड गेम एकदमै रमाइलो किसिमको मल्टिप्लेयर गेम हो । राम्ररी पिच गरिएको यो गेममा अप्ठ्यारा कर्भहरु पनि छन् । तपाईंले पनि यो गेम आफ्ना बालबालिकासँग खेल्न सक्नुहुन्छ ।
अप्ठ्यारो लेभलमा उनीहरुका लागि सहयोग बन्न पनि सक्नुहुन्छ । जसले उनीहरुलाई अझ उत्सुक तथा जिज्ञासु समेत बनाउन मद्दत पुर्यानउँछ । आफ्ना बाबुनानीहरु लाई आवश्यक परेको बेला सहयोग गरि खेल्न सकिन्छ ।


६. टावर फल
टावरफल एउटै स्क्रीनमा धेरै जना मिलेर खेलिने मल्टिप्लेयर गेम हो । यो हेर्दा साधारण छ । तर यसमा ज्ञानको गहिराई प्राप्त गर्न सकिन्छ । परिवारजनसँग एकैठाउँमा बसेर तपाईंले यो गेम खेल्न सक्नुहुन्छ ।


७. क्याप्टेन टोडस् ट्रेजर ट्रयाकर
क्याप्टेन टोड एउटा पजल गेम हो । तपाईं अभिभावक हुनुहुन्छ भने यो गेम कस्तो हो भनेर तपाईंलाई राम्ररी थाहा हुनुपर्छ ।
बालबालिकाले हरघडी तपाईंलाई आग्रह गरिरहनेछन् ‘ड्याड म अड्किएँ, मलाई सहयोग गरिदिनुहोस् न ।’ यो गेममा तपाईंले आफ्ना बालबालिका सँगसँगै गेमका तिकडमहरु सिकाउँदै समस्या समाधानमा सहयोग गर्दै खेल्न सक्नुहुन्छ ।
यस गेमले तपाईको बाबुनानीहरु लाई चलाख बनाउन मद्दत गर्दछ भने आवश्यक परेको बेला बिना हिचकिटावट सहयोग माग्ने बानीको विकास हुन्छ । यो बानीले विद्यालयमा पनि आफ्ना शिक्षक शिक्षिका तथा साथीहरु सँग नयाँ कुरा सिक्ने बानीको विकास हुन्छ ।


८. मारियो प्लस र्यासबिडस किंगडम ब्याटल
आफ्ना दादा दिदीहरुले खेलेको गेम देखेर साना साना बाबुनानीहरुले पनि मोबाईलमा गेम खेल्न खोजिरहेका हुन्छन् । मारियो प्लस र्यामबिडस एउटा रियल टाइम स्ट्राटेजी गेम हो । यो गेम पाँच वर्ष मूनीका बालबालिकाहरुका लागि पनि उपयुक्त हुन्छ ।
यो गेम रमाइलो छ । यसभित्रका पात्रहरु पनि बिस्तारै बच्चाहरुसँग परिचित हुँदै जान्छन् । विस्तारै यो गेमको लेभल जटिल हुँदै जादाँ बालबालिकाहरु यसमा थप भिज्न र रमाउन सक्छन् ।
याद गर्नुहोस् साना बाबुनानीहरु लाई धेरै समय सम्म मोबाईल तथा कम्प्युटरमा गेम खेल्न दिन हुदैन नि ।


९. रकेट लिग
रकेट गेममा धेरै लेभलहरु हुन्छन् । यो पनि एउटै स्क्रीनमा धेरैजनाले खेल्ने मल्टिप्लेयर गेम हो । तपाईंले यो गेम आफ्ना बालबालिका तथा परिवारका अन्य सदस्यसँग संयुक्त रुपमा खेल्न सक्नुहुन्छ । रकेट लिगमा बोट हुन्छ ।
यदि तपाईंले सहभागी हुन सक्नुहुन्न भने पनि बच्चाले तपाईंलाई विपक्षी बनाएर यो गेम खेल्न सक्छन् । यो गेममा कारले फूटबल खेल्छ । यसमा भएका भेनडायग्रामले बालबालिकाहरुको कल्पनाशिलता बढाउन मद्दत गर्छन् ।
यो गेमको सेटअप पनि आफैमा जटिल हुन्छ । यदि तपाईंका बालबालिकाले गेम खेल्न जानेनन् भने तपाईंले सिकाउनु सक्नुहुन्छ ।


१०. पोर्टल टू
पोर्टल टू अहिलेसम्म बनेका मध्येकै एउटा अत्यन्तै राम्रो गेम हो । यो गेम पनि धेरैजनाले एकसाथ खेल्न मिल्ने मल्टिप्लेयर गेम हो । यो गेम पनि पजल गेम नै हो । यसले बालबालिकाहरुको वौद्धिक क्षमताको परीक्षण गर्छ ।