नवलपरासी पुर्वको बिनयी त्रिवेणी गाउँपालिकामा ६ वर्षिय एक बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्थित क्षेयराेग उपचार केन्द्रकाे प्रयोगशालामा गरिएको स्वाबको परिक्षणमा बिनयी त्रिवेणी १ की ६ बर्षिकी बालिका र २८ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पु्वले जनाएको छ ।
आइतबार बिनयी त्रिवेणी १ मै समुदायका व्यक्तिहरूमा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेकाहरुमा स्वाब संकलन गरि परिक्षणका लागी पठाइएको र जसमध्ये २ जनाको नतिजा पोजेटिभ आएको बिनयी त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुबराज काफ्लेले बताउनुभयो । संक्रमित बालिका र अर्को व्यक्तिको कुनै पनि यात्रा विवरण नरहेको र उनिहरू समुदायमा नै रहेको गाउँपालिकाले जनाएको छ । अहिले दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।