बिहीबार २५ पुस, २०८१

नेपाली समय

बाल हेल्पलाइन सञ्चालनको लागि आवेदन खुल्यो

बाल हेल्पलाइन सञ्चालनको लागि आवेदन खुल्यो

राष्ट्रिय बाल अधिकार परिषदले बाल हेल्पलाइन नम्बर १०९८ सञ्चालनका लागि सामाजिक संघसंस्था हरुलाई आवेदन खुल्ला गरेको छ । परिषदले भाद्र ११ गते एक सुचना जारी गर्दै आवेदन माग गरेको हो। बाल हेल्पलाइनले जोखिममा परेका बालबालिकाहरुको आकास्मिक उद्धार गरी राहत, मनोविमर्श, परामर्श, अल्पकालीन आश्रय तथा संरक्षण, पारिवारिक पुन:मिलन, सामाजिक तथा संस्थागत पुनःस्थापन सम्बन्धि काम गर्दै अाएकाे छ ।

बाल हेल्पलाइनको १०९८ नम्बर सञ्चालकका लागि प्रदेश नम्बर २ र रुपन्देही जिल्लामा रहनेगरी संस्थाहरुले आवेदन दिन सक्ने राष्ट्रिय बाल अधिकार परिषदले जनाएको छ । बाल हेल्पलाइन १०९८ नेपाल सञ्चालन कार्यविधि २०७६ बमोजिम योग्यता पुगेका संस्थाले सम्बन्धित स्थानीय तह र प्रदेश सामाजिक विकास मन्त्रालयको सिफारिस सहित आवेदन दिनुपर्ने उल्लेख गरिएको छ । बाल हेल्पलाइन सञ्चालनको अनुमतिका लागि हाल बाल हेल्पलाइन सञ्चालन गरिरहेका तथा नयाँ दुवै किसिमका संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन यहि भाद्र मसान्तसम्म पठाईसक्नु पर्ने परिषदले जनाएको छ ।
थप जानकारीको लागि परिषद्को वेवसाइट हेर्न सक्नुहुनेछ ।

बाल हेल्पलाइन नम्बर १०९८ नेपाल सञ्चालन कार्यविधि २०७६ यहाँ बाट प्राप्त गर्न सक्नुहुनेछ ।