जन्मदर्ता गर्न पाउनु बालबालिकाको मौलिक अधिकार हो ।”बालमैत्री स्थानीय शासनको प्रवद्धनमा लागाैं : हरेक बालबालिकाको जन्मदर्ता गराैं” भन्ने नाराका साथ पुर्ण जन्मदर्ता सम्वन्धि समस्या र समाधानको उपाय बिषयक छलफल कार्यक्रम हुन लागेको हो । बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चले वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र समाजिक सुरक्षा नागरिक समाज सञ्जालको सहकार्यमा भर्चुअल छलफल आयोजना गर्न लागेको हो । कार्यक्रम यहि भाद्र १४ गते अाइतबार अन्लाईनकाे माध्यम बाट हुनेछ ।
प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक बालबालिका सम्बन्धी ऐन, २०७५ मा उल्लेख भए अनुसार पूर्णतर जन्मदर्ताका लागि स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म अभियानको रुपमा नेपालमा कानुन निर्माण तथा कार्यन्वयन दुवै तहमा अग्रसर रहेको वर्तमान अवस्था रहेको सन्दर्भमा यो विषय विशेषतः बालमैत्री स्थानीय शासन अवधाराणाको पाटोको रुपमा अघि बढिरहेको छ । यस अभियान विश्व महामारीसँगै, मुख्य गरि लामो समयसम्म आवतजावतमा प्रतिबन्ध, जन्म दर्ताको सवालमा कम ध्यानाकर्षण र विद्यमान स्वास्थ्य संकटका कारणले ओझेलमा परेको छ । यस अवस्थामा जन्म दर्ता अभियानलाई मुख्य सरोकारवालाको ध्यानाकर्षण गर्नका लागि, हालको चुनौती र समाधानका उपायहरु तथा यस अभियानलाई स्थानीय सरकारको वार्षिक नीति, कार्यक्रम र बजेटको मुलधारमा ल्याउनको लागि निम्न मिति तथा विवरणमा आयोजना गर्न लागिएको बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक तिलोत्तम पाैडेलले जानकारी दिनुभयो ।
पुर्णतर जन्म दर्ता अभियान सम्बन्धी भर्जुअल छलफल कार्यक्रममा बालबालिका सम्बन्धी ऐन र जन्मदर्ताको विषयमा राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलन राज धरेल र जन्मदर्ता र कानूनी व्यवस्थाको बारेमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका व्यक्तिगत घटना दर्ता शाखाका निर्देशक युवराज कट्टेलको प्रस्तुती रहने पौडेलले बताउनुभयो।
जन्मदर्ताको सन्दर्भमा भोगेका समस्याहरु के–के हो भन्ने विषयमा खुल्ला छलफल गरिने हुनाले सबै क्षेत्रका समस्याको बिषयमा कार्यक्रममा छलफल हुनेछ । जनप्रतिनिधिहरू, प्रशासकीय प्रमुखहरू, विकासका साझेदार संस्था, नागरिक संघसंगठन, सञ्जालका १०० जना भन्दा बढी सरोकारवालाको सहभागीता रहने अायाेजकले जनाएको छ ।
उक्त छलफल कार्यक्रम बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चकाे फेसबुक बाट समेत प्रत्येक्ष प्रसारण हुनेछ । कार्यक्रम सम्बन्धि थप जानकारी बाल आवाजकाे कार्यक्रम शिर्षक अन्तर्गत हेर्न सक्नुहुनेछ ।