सोमबार ०८ पुस, २०८१

नेपाली समय

एसियन किशोरी पावर क्याम्पमा नेपाली किशोरी द्धितिय स्थान हासिल गर्न सफल 

एसियन किशोरी पावर क्याम्पमा नेपाली किशोरी द्धितिय स्थान हासिल गर्न सफल 

ताईवानमा सम्पन्न भएको एसियन किशोरी पावर क्याम्पमा नेपालबाट सहभागी भएका किशोरीहरुले द्धितिय र तृतिय स्थान हासिल गर्न सफल भएका छन् ।

अगष्ट २८ र २९ गरी २ दिन सम्म अनलाईन मार्फतबाट सञ्चालन भएको उक्त कार्यक्रममा ८ देशका ७० भन्दा बढी किशोरीहरुको सहभागिता रहेकोमा नेपालबाट १४ जना किशोरीहरुको सहभागिता रहेको थियो ।

अनलाईन मार्फतबाट सञ्चालन भएको सो कार्यक्रममा फरक फरक विषयमा २ दिनसम्म छलफल गरि त्यहाँबाट सिकेका कुराहरुको बारेमा र किशोरीहरुले आफ्नो देशमा भोगेका समस्याहरुको बारेमा समुहको प्रस्तुतीकरण गरी सो समस्याहरुको समाधानको लागि समेत गर्न सकीने कार्यको बारेमा समेत प्रस्तुतीकरण पश्चात सो स्थान हासिल गर्न सफल भएको कुरा कार्यक्रमकी सहभागि किशोरी अभियन्ता निरुता खत्रीले बताउनुभयो ।

एसियामा किशोरीहरुको अवस्था र उनीहरुले भोग्ने गरेका समस्याहरुको बारेमा छलफल गरी त्यसको समाधानको लागि यस्तो कार्यक्रमहरु प्रत्येक वर्ष ताईवनामा गार्डेन अप होप फाउण्डेशनले आयोजना गर्ने गरेकोमा हाल कोभीडको कारणले गर्दा अनलाईनबाट सञ्चालन गरिएको थियो ।

नेपालमा जस्तै अन्य देशहरुमा पनि किशोरीमाथी हुने हिसा, दृव्र्यवहार र शोषणहरु हुने जानकारी समेत सो कार्यक्रमका सहभागिहरुले बताएको र यसको लागि सरोकारवाला निकायहरुले आवाज उठाउनुपर्ने र सबै देशको साझा समस्या रहेकोले समाधान गर्न सके मात्र किशोरीहरु सुरक्षित रहने कार्यक्रमकी सहभागी आशा वि.कले बताउनुभयो ।

अव विजेता समुहले सेप्टेम्बर १ मा हुने अन्तरर्वातामा सहभागिता हुने र सो अन्तरर्वातामा समेत छनौट भएमा किशोरीहरुको अधिकार संरक्षण र सम्बद्र्धनमा कार्य गर्नको लागि १५०० अमेरीकी डलर समेत पाउने आयोजकले बताएको छ ।

सो किशोरीहरुलाई जागृति बाल तथा युवा सरोकार नेपालले नेपालबाट समन्वय र सहजिकरण गरी कार्यक्रममा सहभागिता गराएको कुरा संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।