नारीका लागि उपहार आभियाको आयोजनामा शनिबार मर्यादित महिनावारीमा युवाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्लाईन माध्यमबाट भएको कार्यक्रममा १०० जना भन्दा बढी किशोर किशोरीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लाई नारिका लागि उपहार आभियाको फेसबुक बाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो ।
कार्यक्रममा मर्यादित महिनावारीमा युवाको भुमिकाको विषयमा मर्यादित महिनावारी अभियान्ता अश्विन कार्की र राष्ट्रिय युवा परिषद् अन्तर्गतको संघिय युवा क्लब सञ्जालका अध्यक्ष बिबेक त्रिपाठीले आफ्नो प्रस्तुती र सहभागीको जिज्ञासा लाई समाधान गर्नुभएको थियो ।
कार्यक्रममा मुख्यतया युवाहरूको सहभागीतामा सबैलाई महिनावारी सम्बन्धि कुसंस्कारको अन्त्य गर्ने, महिनावारी मर्यादित बारे सचेतना गराउने, युवा पुस्तालाई महिनावारीमा खुलेर बल्ने बनाउन, महिनावारी मैत्री समाज बनाउन सबैलाई जोडने लगायतका बिषयमा छलफल गरिएको नारिका लागि उपहार अभियानका संयोजक समीर परियारले बाल आवाजलाई बताउनुभयो ।
कार्यक्रम नारिका लागि उपहार अभियानकाे आयोजना र कामना फाउण्डेशन नेपाल, संघिय युवा क्लब सञ्जाल र वेद सञ्जालकाे सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रमको मिडिया पार्टनरको रुपमा नेपालको पहिलो बालमैत्री डिजिटल पत्रिका बाल आवाज रहेको थियो ।
नारिका लागि उपहार अभियानका संयोजक समीर परियारकाे अध्यक्ष्ातामा भएकोे कार्यक्रमकाे सञ्चालन बालमैत्री अभियान्ता तथा नारिका लागि उपहार अभियान्ता बबिता परियारले गर्नुभएको कार्यक्रम संयोजक सरिस्मा अधिकारीले बाल आवाजलाई बताउनुभयो ।