कोरोनाभाइरसको संक्रमणका कारण विगत छ महिनादेखि स्कूल क्याम्पस सबै बन्द छन् । यस्तोमा सबै बालबालिका तथा विद्यार्थीको पढाई अनलाइनको माध्यमबाट भइरहेको छ ।
तर एउटा यस्तो सर्भे आएको छ कि, जसअनुसार ७९ प्रतिशत बालबालिका स्मार्टफोनबाट नै अनलाइन कक्षाको अध्ययन गरिरहेका छन् । अनलाइन कक्षाका लागि ल्यापटप तथा कम्प्युटरको प्रयोग २१ प्रतिशत मात्रै भइरहेको छ ।
लगभग ६० प्रतिशत बालकालिकाले चार घण्टासम्मको समय अनलाइन पढाइमा दिइरहेका छन् । यसका लागि जूम, मीट, टीम्स जस्ता एप्लिकेसन नै सबैभन्दा बढी मात्रामा प्रयोग भइरहेका छन् ।
यस्तोमा मनोचिकित्सकहरुले धेरै समय अनलाइन रहँदा बालबालिकामा व्यवहारगत समस्या पैदा हुनसक्ने चेतावनी दिएका छन् । भारतका करिब ४०० सहरका १० हजार विद्यार्थीमा भएको यो अनुसन्धानको तथ्य छिमेकी मुलुक नेपालको हकमा समेत मेल खान्छ ।
विद्यासारथीले गरेको यो अनुसन्धानमा लगभग एक तिहाई बालकालिका आफ्नो स्कूलमा बनाइएको अनलाइन सिस्टममा पढिरहेका छन् । सुरक्षाका लागि मौजुदा अन्य विकल्पको तुलनामा यसलाई राम्रो बताइँदै आइएको छ ।
अनलाइन कक्षाको प्रयोग बढ्दै गएपछि यसले निम्त्याइरहेका समस्याहरु समेत सतहमा देखा पर्न थालेका छन् । सर्भेअनुसार ३१ प्रतिशत छात्र छात्रामा अनलाइन कक्षाको दौरान ध्यान केन्द्रीत नहुने समस्या देखिएको छ ।
१२ प्रतिशत बालकालिकाले अनलाइन कक्षामा आउने हैरानी आफ्ना शिक्षकलाई राम्रोसँग भन्न नसकेको बताएका छन् । जसले गर्दा उनीहरुको समस्याको समाधान समेत निस्किन सकिरहेको छैन ।
लगभग ६० प्रतिशत छात्र प्रतिदिन एक घण्टादेखि चार घण्टासम्म अनलाइन पढाई गरिरहेका छन् । जब कि ३१ प्रतिशत बालकालिका चारदेखि आठ घण्टासम्म अनलाइन कक्षामा लगाइरहेका छन् । यसले गर्दा बालबालिकाहरुको अनलाइन रहने समय निकै भारी मात्रामा बढ्न पुगेको छ ।
अनलाइनको समय बढ्दा मानसिक र शारीरिक समस्या
अनलाइन एक नयाँ सिस्टम भएकाले यसलाई अपनाउँदै जानुको विकल्प छैन । तर यस सन्दर्भमा ज्यादा समय अनलाइन रहँदा बालबालिकामा मानसिक समस्या पैदा हुने भन्दै मनोचिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिदिन तीन घण्टाभन्दा बढी समय अनलाइन रहँदा उनीहरुको वास्तविक जीवनसँगको सम्पर्क प्रभावित हुनसक्छ । यसरी उनीहरु भर्चुअल दुनियामा हराउन सक्छन् । सामान्य जीवनप्रति उनीहरुको आत्मविश्वासमा कमी आउन थाल्छ ।
उनीहरु प्रायजसो खालीपन जस्तो महसुस गर्न लाग्नेछन् र आफ्नो समस्याको हल आफ्ना बाबुआमा वा साथीभाइको साटो भर्चुअल दुनियामै खोज्न थाल्नेछन् । ज्यादा समय अनलाइन रहँदा शारीरिक गतिविधिमा कमी आउँछ ।
अनलाइनले गर्दा लामो समय एउटै स्थानमा बस्नुपर्ने हुँदा ढाड दुख्ने समस्या बढ्न सक्छ र निन्द्रा पनि कम लाग्न सक्छ । जसका कारण चिडचिडाहट बढ्न सक्नेतर्फ मनोचिकित्सकले चेतावनी दिएका छन् ।
खेलकुदको समयमा कमी आउँदा उनीहरुमा सामाजिक व्यवहार विकसित हुन पाउने छैन र उनीहरु आफूभित्रै हराउन सक्छन् । यस किसिमको हैरानीबाट जोगाउन आफ्ना बालबालिकाहरुलाई प्रतिदिन तीन घण्टा तथा सातामा पाँच दिनभन्दा बढी अनलाइन क्लास नराख्न मनोचिकित्सकहरुको सल्लाह छ ।
बालबालिकाहरुका लागि हप्तामा चार घण्टाभन्दा बढी होमवर्कको समय समेत राख्नु हुँदैन । यदि बालबालिका तीन चार घण्टाको अनलाइन क्लास लिइरहेका छन् भने घरका अन्य सदस्यले टीभी, कम्प्युटर, मोबाइल आदिको स्क्रीन टाइम घटाउनेतर्फ ध्यान दिनुपर्ने हुन्छ ।
पढाईको समय ब्लू फिल्टरको प्रयोग गर्न आवश्यक छ । यस दौरान मोबाइल वा ल्यापटपलाई सही पोजिसनमा राख्नुपर्ने हुन्छ । जसले गर्दा शरीरको समस्या सम्म गर्न मद्दत गर्नेछ । हरेक ४० मिलेटपश्चात एक ब्रेक लिन जरुरी हुन्छ ।
अहिले अनलाइन कक्षाहरु एउटा विकल्पको रुपमा सञ्चालनमा छन् । तर यसले सामान्य कक्षाबाट गर्न सकिने पढाईको पूर्ति सम्पूर्ण रुपमा गर्न भने सक्ने छैन ।
अनलाइन कक्षाले बालबालिकाहरुलाई सवालको हल गर्न सिकाउने कार्य मुस्किल हुन्छ । कक्षामा बस्नु, कुनै विषयमा सोझो रुपमा तार्किक बहस गर्नु र आफ्ना सहपाठीहरुसँग व्यवहार सिक्नु जस्ता विषयहरु अनलाइन . कक्षाले पूर्ति गर्न सक्ने छैन ।