सोमबार ०८ पुस, २०८१

नेपाली समय

नेपाल अब छिट्टै सडक बालबालिका मुक्त राष्ट्र – प्रधानमन्त्री ओली

नेपाल अब छिट्टै सडक बालबालिका मुक्त राष्ट्र – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताएका छन् । उनले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको स्पष्ट पार्नुभयो । उहाँले बालबालिका देशको सबल भविष्यका आधार हुन् भन्ने मान्यताप्रति सरकारको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित रहेको चर्चा गर्नु भयो ।

उहाँले यसअघिको पुस्ताले लामो सङ्घर्षमार्फत जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको चर्चा गँर्दै बालबालिकाको हितमा सरकारले काम गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले थप स्पष्ट पार्दै, “विकृति, पछौटेपन हटाउने, देशलाई एउटा स्वच्छ, समृद्ध, आधुनिक, सभ्य र पुुर्खाले कल्पना गरेअनुरूप ‘सर्वे भवन्तु सुखिनः’ (सबै सुखी होऊन्)को गन्तव्यमा पु¥याउन सरकार अग्रसर रहेको छ । ”

उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बालबालिकाको भविष्य भएको चर्चा गरे । उहाँले भन्नुभयो, “यसको सफलता तपाईंहरूको जीवनको सफलतासँग गाँसिएको छ । नकारात्मक र हानिकारक विचार, प्रवृत्तिबाट बच्दै सकारात्मक र सिर्जनात्मक सक्रियता बढाउनुपर्छ ।

 

(वर्तमानका साझेदार भविष्यका कर्णधार सम्पुर्ण बालबालिकाहरू लाई “बिपतमा बाल अधिकारको सुनिश्चितता: हामी सबैको साझा प्रतिबद्धता” भन्ने राष्ट्रिय नाराका साथ सम्पन्न हुन गईरहेको राष्ट्रिय बाल दिवस २०७७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । – बाल आवाज परिवार)