अन्तर्राष्ट्रिय बालिका दिवस अक्टोवर ११ को पूर्वसन्ध्यामा आज सम्पन्न भर्चुअल छलफल तथा अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन ।
नवलपुरका किशोरीहरुद्धारा अनलाईन माध्यम जुमबाट कार्यक्रमको सञ्चालन र सहजीकरण गरी छलफल तथा अन्तरक्रिया कार्यक्रम आफनै सवाल र आफ्नै नेतृत्वमा सम्पन्न गरिएको किशोरी अभियन्ता आस्मा अर्यालले बताउनुभयो ।
संयुक्त राष्ट्रसँघले प्रत्येक वर्ष अक्टोवर ११ का दिन बालिका दिवसको रुपमा मनाउनको लागि सन् २०१२ बाट सुरु गरेको र यो वर्ष मेरो आवाज, हाम्रो समान भविष्य तय गरिएको छ ।
२ वटा फरक फरक सेसनमा गण्डकी प्रदेशका माननीय साँसद ओमकला गौतम, नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पँगेनी भट्राई, बालअधिकारकर्मी तथा पूर्व बालक्लव सदस्य केवी राना र सञ्चारकर्मी धनु भुसाल, अधिवक्ता कुन्जनी परियार प्यासी र विद्या विष्टले सो कुरामा जोड दिनुभएको हो ।
गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमले हामीले निर्माण गरेका कानुनहरुको सही परिपालना आवश्यक रहेको र केही समस्याहरु भए त्यसको संसोधन गर्नुपर्ने र हामीले कडा भन्दा कडा कानुनको निर्माण र सही अर्थमा कानुनको कार्यान्वयनमा जोड दिनुभयो । साथै गण्डकी प्रदेश सभाले बालबालिका सम्बन्धी ऐन निर्माण गर्ने क्रममा रहेकोले समेत यसको सही अर्थको नीति र सो अनुसारको कार्यान्वयनमा समेत बारम्बार संसदमा आवाज उठाउने गर्ने गरेको उहाँले बताउनुभयो ।
त्यस्तै नवलपुरका पहिलो महिला प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनी भट्राईले आफ्नो बाल्यकाल सम्झीदै किशोरीहरुको सक्षम भए मात्र देशको विकास संभव रहेको र नवलपुर नयाँ जिल्ला भएकोले यहाँ किशोरीहरुको लागि आवश्यक पर्ने भौतीक पूर्वाधारहरु र नयाँ सचेतनामुलक कार्यक्रमको लागि सदैव तयार रहेको कुरा बताउनुभयो । उहाँले सरकारले तोकेका नीतिहरुको सही अर्थमा कार्यान्वयनमा लाग्ने र महिला तथा बालबालिकाका हिंसा विरुद्ध शुन्य सहनशिलताको नीति अवलम्बन गरी हरेक समस्याहरुको समाधान छिटो गतिमा गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । साथै बाल सुधार गृह र महिला तथा किशोरीहरुको लागि सुरक्षित आवासको निर्माणको लागि समेत संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग मिलेर नवलपुरलाई नमुना जिल्लाको रुपमा विकास गर्ने बताउनुभयो ।
पूर्व बालक्लव सदस्य तथा बाल अधिकारकर्मीले हिजोका दिनमा र आजका दिनमा बालबालिकाहरुको सवालहरु फरक भएको र यसको सही अर्थमा कार्यान्वयनमा सवै तहको जिम्मेवारीपन आवश्यक रहेको बताउनुभयो । नमुना जिल्लाको रुपमा कार्यहरु गरिदा बालबालिकाहरुको सवालहरु र उनीहरुको आवश्यकतालाई समेत मध्यनजर राख्नको लागि उहाँको भनाई रहेको थियो ।
सञ्चारकर्मी धनु भुुसालले नवलपुरमा अझै पनि बालविवाह, हिंसामा परेका बालबालिकाहरु र महिलाहरुको अवस्था दयनिय रुपमा रहेको र यसको समाधानको लागि सम्बन्धित निकायहरुले पहलहरु सुरु गरेर मनोसामाजिक परामर्श समेत आवश्यक रहेको बताउनुभयो । सञ्चारकर्मीलाई समेत सुचना नदिने र पाए पनि विभिन्न डर, त्रास र धम्कीका घटनाहरु समेत बालबालिकासँग सम्बन्धीत घटनाहरुमा पाएको र यो सवै न्युनिकरणको लागि सवैको हातेमालो आवश्यक रहेको उहाँले बताउनुभयो ।
जागृति बाल तथा युवा सरोकार नेपालद्धारा आयोजनामा भएको सो कार्यक्रममा नवलपुरका ८ स्थानीय तहका बालबालिकाहरु, किशोरकिशोरीहरु, विभिन्न सरकारी तथा गैरसरकारी निकायका पदाधिकारीहरु, सञ्चारकर्मीहरु सहीत ९० जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सभाध्यक्ष हुप्सेकोट गाँउ स्तरीय बालसञ्जाल की अध्यक्ष सुदिक्षा तिम्सीना, कार्यक्रमको सञ्चालक गैडाकोटकी सुस्मिता भण्डारी र देवचुलीकी प्रिया पुन मगर तथा स्वागत गित र मन्तव्य सुस्मा पोख्रेल, विद्या ढुँगाना, निरुता खत्री र आस्था अनिर्जित बस्ताकोटीले गर्नुभएको थियो ।