शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ काे परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् ।
बुधबार बाेर्डका पदाधिकारीसँगकाे छलफल गर्दै मन्त्री पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा परीक्षा सञ्चालनकाे तयारी गर्न बोर्डलाई साे निर्देशन दिएका हुन् ।
आगामी मङ्सिर ९ देखि १६ गतेसम्म कक्षा १२ काे परीक्षा हुँदै छ । परीक्षाकाे सन्दर्भमा विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डेटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन मन्त्रीले निर्देशन दिएका छ्न् ।
बोर्डले यसअघि नै विभिन्न विकल्पसहित अनलाइनबाट पनि परीक्षा लिन सक्ने गरी नेपाल सरकारलाई सिफारिश गरेको थियाे । तर अनलाइन परीक्षासम्बन्धी स्पष्ट ढाँचा कस्ताे हुने अन्याैल छ ।
यसपाली कक्षा १२ काे परीक्षा अन्तर्गत ४० प्रतिशत प्राप्ताङ्कका लागि आधारमा, २० प्रतिशत आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को नम्बरबाट गणना गरिनेछ ।
लामो समयको गृहकार्य र अन्यैलपछि झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि बोर्डले बुधबार कार्यतालिका सार्वजनिक गरेको छ ।