सोमबार ०८ पुस, २०८१

नेपाली समय

इन्टरनेटबाट जोखिममा परेका बालबालिकाका लागि चाइल्ड हेल्पलाइन एप

इन्टरनेटबाट जोखिममा परेका बालबालिकाका लागि चाइल्ड हेल्पलाइन एप

डिजिटल युगमा सबैको हात हातमा मोबाइल फोन, ल्यापटप डिभाइस र घर घरमा इन्टरनेट पहुँच छ । तर यसलाई कसरी सुरक्षित प्रयोग गर्ने र यसबाट हुनसक्ने सम्भावित जोखिमका बारेमा सबैलाई जानकारी हुँदैन ।

इन्टरनेटको सुरक्षित प्रयोगबारे सिकाई र अभ्यास नहुँदा यसको सबैभन्दा ठूलो जोखिममा बालबालिका पर्ने गर्छन् । नेपालमा बाल अधिकारका लागि काम गर्दै आएको गैरसरकारी संस्था सीवीन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरका अनुसार इन्टनेट अनलाइनमा यौन दुर्व्यवहार तथा विभिन्न जोखिममा बालबलिकाहरु पर्ने गरेका छन् ।

तर समस्यामा परेपछि त्यहाँबाट कसरी बाहिर आउने भन्ने जानकारी र ज्ञान सबैमा हुँदैन । यसैले त्यसरी जोखिममा फँसेका बालिबालिकाहरुले अब सीवीन नेपाल र नेपाल सरकारले चलाएको बाल हेल्पलाइन नम्बर १०९८ मा नि:शुल्क सम्पर्क गरी आफ्नो समस्याको उजुरी दिन सक्छन् ।

साथै सीवीनले नै तयार गरेको मोबाइल एप चाइल्ड हेल्पलाइन नेपाल डाउनलोड गरी रिपोर्ट गर्न सक्नेछन् ।

एपमार्फत बालिबालिकाहरुले इमर्जेन्सी नम्बरमा सम्पर्क गर्न तथा हराएको बालबालिकाको मिसिङ रिपोर्ट दर्ता गर्न, समस्याको रिपोर्ट गर्न तथा परामर्श लिन सक्छन् ।