कोभिड १९ बाट जोगिन तथा यसको उपचार गर्नमा हाम्रो सम्पूर्ण ध्यान केन्द्रित भइरहँदा यो महामारी उप्रान्त पनि यसले उब्जाउन सक्ने अदृष्य प्रभावहरूका बारेमा हामी अझैपनि अनविज्ञ छौं । विषेश गरी बालबालिका यसको प्रमुख मारमा परेका छन् । लामो समयसम्म विद्यालय बन्द हुदाँ वैकल्पिक माध्यमबाट पठन पाठन गरीए पनि प्राविधिक उपकरण र ईन्टरनेटको पहुँच बाहिर रहेका बालबालिकाहरुको शिक्षामा भने ठुलो असर परेको छ ।
बालबालिकाहरु कोभिड १९ महामारीबाट अत्यन्त प्रभावित समुह मध्येमा पर्दछन् । कोभिडले लामो समयसम्म विद्यालय बन्द हुदाँ बालबालिहरुमा परेको मनोसामाजिक असर र शिक्षामा परेको प्रभावकाका कारण उनिहरुको विकासमा बाधा पु¥याएको छ ।
कोरोना महामारीले नेपालको शिक्षामा पारेको असर सम्बन्धी लू निभाः बाल सरोकार समुह र अक्सफोर्ड विश्व विद्यालयको संयुक्त सहकार्यमा गरिएको अनुसन्धान अनुसार नेपालमा १९ प्रतिशत बालबालिकाहरु ईनटरनेटको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
बन्दाबन्दीको समयमा ७४ प्रतिशत विद्यार्थिले मोबाईल, १४ प्रतिशतले टेलिभिजन, ६ प्रतिशतले गुगल, २६ प्रतिशतले युट्युब र अध्ययन अध्यापनका लागि रेडियोको प्रयोगनै नभएको पाइएको छ । शुक्रबार शिक्षा मन्त्रालयका सहसचिव डा. हरि प्रसाद लम्सालको अध्यक्षतामा बसेको भर्चुअल कार्यक्रममा अक्सफोर्ड विश्व विद्यालयकी अनुशन्धानकर्ता डा.उमा प्रधानले नेपालमा कभिडका कारण शिक्षा क्षेत्रमा परेको असर, चुनौति र सम्बन्धीत निकायले अवलम्बन गर्नु पर्ने नीतिहरुका विषयमा सार्वजनिक गर्नु भएको अनुसन्धानले यस्तो देखाएको हो ।
प्रतिवेदन सार्वजनिक भएपश्चात शिक्षा मन्त्रालयका सहसचिव डा. हरि प्रसाद लम्सालले कोभिड महामारी पश्चात नेपालको शिक्षामा परेको प्रभावलाई न्यूनिकरण गर्न मन्त्रालयको तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने र स्थानिय निकायलाई समेत विद्यालय शिक्षा सुधारको लागि निर्देशन दिने प्रतिवद्धता जनाउनुभयो । साथै नेपालको शिक्षामा कोभिडले पारेको असरको विषयका सार्वजनिक भएको प्रतिवेदन निकै सान्दर्भिक रहेको र भविषयमा यस प्रतिवेदनले नेपालको शिक्षा नीति बनाउन सहयोग गर्ने अपेक्षा समेत रहेको उहाँको भनाई थियो ।
त्यसैगरी लू निभाः बाल सरोकार समुहकी अध्यक्ष रुपा मुनाकर्मीले नेपालमा कोभिडका कारणले विद्यालय स्तरमा शिक्षण शिकाई बन्द भएपश्चात प्रविधिको प्रयोगमा वृद्धि भएपनि अध्यन अध्यापन प्रभावकारी नभएको बताउनुभयो । सामुदायीक विद्यालय कसरी सञ्चालन गर्ने र नीजि विद्यालयहरुले शिक्षक र विद्यार्थिलाई कसरी टिकाउने भन्ने विषयमा केन्द्रित भएकाले बन्दाबन्दिको समयका प्रविधिको प्रयोगबाट गरिएको अध्ययन अध्यापन त्यती प्रभावकारी देखिएन, उहाँको भनाई थियो ।
बालबालिकाको शिक्षाको अधिकारलाई सुनिश्चित गर्नको लागि नेपालमा कोभिडले शिक्षा क्षेत्रमा पारेको असरका विषयमा अनुसन्धान गरिएको लू निभाः बाल सरोकार समुहका कार्यकारी निर्देशक नरेन्द्र डंगोलको भनाई रहेको छ । यस प्रतिवेदनमा विज्ञहरुले दिनु भएको सुझावलाई हामी सम्बन्धीत निकायसम्म पु¥याउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले संघ संस्था र सरकारी निकायले मात्र नभई विद्यालय व्यवस्थापन समितिहरुले पनि कोभिडका कारण विद्यार्थीहरुमा परेका असर न्यूनिकरण गर्नको लागि आ–आफ्नो तर्फबाट भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।
कोभिड १९ का कारण नेपालको विद्यालय शिक्षामा परेको असर सम्बन्धी प्रदिवेदन सार्वजनिक गर्ने कार्यक्रममा शिक्षा क्षेत्रमा लामो समय देखि क्रियाशिल रहेका व्यक्तित्वहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाका प्रतिनिधहरु र ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरुले सहभागीता जनाउनु भएको थियो । प्रतिवेदनमा स्थानिय सरकार, विद्यालय र अभिभावकहरुले महामारीका विच अध्यन अध्यापनलाई प्रभावकारी बनाउन के कस्ता भुमिका निर्वाह गर्नुपर्छ भन्ने विषयमा सुझाव प्रस्तुत गरिएको छ ।
लू निभाः बाल सरोकार समुह र अक्सफोर्ड विश्व विद्यालयको संयुक्त सहकार्यमा गरिएको अनुसन्धानमा कक्षा ६ देखि १२ सम्मका करिब ५०० जना विद्यार्थिहरुले सहभागिता जनाएका थिए ।