कन्सोटियम नेपालले “यदि म मेयर/ अध्यक्ष हुन्थे भने” अभियान सञ्चालन गर्ने भएको छ ।
कोरोना महामारीको समयमा भौतिक रुपमा कक्षा सञ्चालन नभई रहेको अवस्थामा बालबालिका भित्र रहेको क्षमतामा उजागर गर्ने उद्देश्यले कन्सोटियम नेपालले अभिनय सञ्चालन गर्न लागेको छ ।
“यदी म मेयर / प्रमुख हुन्थे भने” अभिनय अन्तर्गत बालबालिकाहरुले यो कोरोना महामारीको समयमा आफ्नो पालिकाको प्रमुखको जिम्मेवारी सम्हालेको अवस्थामा गर्ने सक्ने कुरा लेख्न सक्नेछन् ।
अभियानलाई थप प्रभावकारी बनाउन कन्सोटियम नेपालले १८ बर्ष सम्मको बालबालिकालाई मात्र अभियानमा सहभागी गराउने जनाएको छ । बालबालिकाले आफ्नो धारणा लेख्दा नेपाली अथवा अग्रेंजी भाषामा सभ्य भाषाको प्रयोग गरि बढीमा १०० शब्द लेखि कन्सोटियम नेपाललाई पठाउनु पर्नेछ । कन्सोटियम नेपालले बालबालिकाहरू लाई आफ्नो धारणा पठाउदा आफ्नो नाम, जिल्ला र बाल क्लब (बाल क्लब सदस्य हो भने) उल्लेख गर्नका लागि अनुरोध गरेको छ ।
लेख पठाउन कन्सोटियम नेपालको फेसबुक पेज अथवा ईमेल मार्फत पठाउन सकिने छ ।
दुई दशकदेखि बाल सहभागिताका लागि काम कन्सोर्टियम-नेपाल एक नागरिक सस्था हो । कन्सोर्टियम-नेपाल हाल ७ वटै प्रदेशबाट ६९ सदस्य संस्थाहरु रहेका छन् ।