सोमबार ०८ पुस, २०८१

नेपाली समय

यदि म मेरो स्थानीय तहको प्रमुख /मेयर हुन्थे भने

यदि म मेरो स्थानीय तहको प्रमुख /मेयर हुन्थे भने

यदि म मेरो स्थानीय तहको प्रमुख /मेयर हुन्थे भने मैले यस कोरोना महामारीको विषम् अवस्थामा बालबालिकामा पर्न गएको असहजतालाई ध्यानमा राख्दै विशेष योजना बनाउँथेँ ।

सर्वप्रथम बालबालिकाको स्वास्थ्य अवस्थाको उचित हेरचाह गर्न नगरको सम्पुर्ण अभिभावकलाई सचेत रहन आग्रह गर्थें र बालबालिकामा डर, त्रास र चिन्ताको अवस्थालाई सामान्यकरण गर्नका लागि नगरमा मनोसमाजिक परामर्श को सेवा दिलाउन डाक्टर र मनोपरामर्शदाताको २४सै घण्टा फोनबाट र भेटेर सुविधा लिने व्यवस्था मिलाउथेँ।

संक्रमित बालबालिकाका निम्ति बालमैत्री क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्थें । साथै बालबालिकाको शिक्षामा पर्ने असरलाई न्यूनीकरण गर्नका निम्ति सम्पुर्ण विद्यालयलाई वैकल्पिक शिक्षा प्रदान गर्न र मेरो स्थानीय तहमा रहेको रेडियो र टेलिभिजनलाई पनि बालबालिकालाई शिक्षा र रचनात्मक कुरामा ध्यान केन्द्रित गर्ने खालका कार्यक्रम प्रशारण गर्न आग्रह गर्थें। साथै विपन्न तथा अपाङ्गता भएका बालबालिकालाई राहत प्रदान गर्थें ।

बालबालिका माथी बढ्दै गएको अनलाइन मार्फत हुने हिंसा,दुरव्यवहार आदि न्यूनीकरण गर्न अभिभावक र बालबालिकालाई सचेत हुन र सामाजिक संजालको सदुपयोग गर्न आग्रह गर्थेँ र हिंसा भएको अवस्थामा अपराधीलाई कडा सजाय दिलाउने व्यवस्था मिलाउथेँ। अन्तत मैले बालबालिकाको हित र बिकासको निम्ति आफ्नो क्षेत्रबाट गर्न सक्ने हरेक कार्यलाई प्राथमिकताका साथ पूरा गर्थें ।

 

नाम: सुस्मिता भण्डारी

ठेगाना: नवलपुर

बाल प्रतिनिधि

सम्पादकीय नोट :कन्सोटियम नेपालले बालबालिका भित्र रहेको क्षमतामा उजागर गर्ने उद्देश्यले सञ्चालन गरेको “यदि म मेयर/ अध्यक्ष हुन्थे भने” अभियानमा बाल आवाज (बालमैत्री डिजिटल पत्रिका) ले सञ्चार सहयोगीको भूमिका निर्वाह गरेको छ ।