१. सर्वप्रथम त कोभिड-१९ को अवस्थामा बालबालिकालाई बिद्यालय जान कठिन हुने भएकाले म घरमै अनलाइन कक्षा संचालन गर्ने व्यवस्था गर्थे ।
२. कतिपय असहाय विद्यार्थी ले अनलाइन कक्षा लिन सक्दैनन् त्यसैले उनिहरुलाई नि:शुल्क पढ्ने व्यवस्था मिलाउथेँ तथा
बालबालिकामा भएका प्रतिभा र कलालाई पहिचान गर्दै उक्त कलालाई अनलाईन माध्यम प्रयोग गरि प्रस्फुटन गर्ने व्यवस्था मिलाउथे ।
३. बालबालिकाका समस्यालाई बालबालिकासँगको संवाद मार्फत
उनिहरुका समस्याको समाधान र आवश्यकता पूरा गर्न अग्रसर हुनेथिएँ ।
४. बालबालिका भनेका भबिस्य का कर्णाधार हुन, म उनिहरुका अधिकार पूरा गर्न हर सम्भव प्रयासरत हुन्थेँ ।
सिर्जना लुइँटेल
सुनसरी
बाल प्रतिनिधि
सम्पादकीय नोट :कन्सोटियम नेपालले बालबालिका भित्र रहेको क्षमतामा उजागर गर्ने उद्देश्यले सञ्चालन गरेको “यदि म मेयर/ अध्यक्ष हुन्थे भने” अभियानमा बाल आवाज (बालमैत्री डिजिटल पत्रिका) ले सञ्चार सहयोगीको भूमिका निर्वाह गरेको छ ।