सोमबार ०८ पुस, २०८१

नेपाली समय

बालबालिकालाई आखाँको जोखिम बाट कसरी बचाउने ?

बालबालिकालाई आखाँको जोखिम बाट कसरी बचाउने ?

बालबालिकाहरु धेरै जसो टेलिभिजन, ल्यापटप, मोबाइल, ट्याबलेटमा गेम खेल्न वा भिडियो हेर्न रुचाउँछन् । यही कारण अहिले अधिकांश बच्चाको दृष्टि कमजोर हुने सम्भावना बढ्दो छ ।

झन अहिले त कोरोना महामारीको कारण विधालय जान समेत पाएका छैनन् भने पठाई समेत अन्लाईन माध्यमबाट भईरहेको छ । यस्तो अवस्थामा बालबालिकाले डिजिटल स

बच्चाहरु सागपात खान मन पराउँदैनन् यसको कारण पनि दृष्टि कमजोर हुँदै जान्छ । धुलो–धूँवाले पनि बच्चाको आँखामा असर पुर्याइरहेको छ । यस्तो अवस्थामा बच्चाको दृष्टि कमजोर हुने भय उच्च हुन्छ । बच्चाहरुको दृष्टि कमजोर हुँदै गएको यसरी थाहा पाउँनुहोस् :

१. पटक–पटक बालबालिकाहरुले आँखा मिचिरहेका छन् ? त्यसो भए उनीहरुको आँखा कमजोर भएको हुनसक्छ ।

२. पढाईको समयमा होस् वा टिभी हेर्दा, यदि बच्चालाई टाउको दुुख्ने समस्या भइरहन्छ भने त्यो पनि आँखा कमजोर हुनुको लक्षण हुनसक्छ ।

३. सामान्यतयाः कसैले पनि टिभी हेर्दा एउटा आँखा चिम्लिदैन । तर यदि कुनै बच्चाले टिभी हेर्दा बारम्बार एउटा आँखा चिम्लने वा छोप्ने गर्छ भने, त्यो आँखा कमजोर भएको संकेत हुनसक्छ ।

४. यदि बच्चालाई धेरै चहकिलो वा उज्यालोमा आँखा खोल्न समस्या हुन्छ वा उसले धमिलो देख्छ भने त्यो पनि आँखा कमजोर भएको लक्षण हुनसक्छ ।

५. ख्यालख्यालैमा बच्चा बेलाबेलामा आँखा सानो बनाउने वा धमिलो देखियो भन्ने गर्छन् । यस्तो अवस्थामा याद गर्नुपर्ने कुरा के हो भने बच्चाले ख्यालख्यालैमा त्यसो भनेको हो वा साँच्चै उसले धमिलो देख्छ ? यदी उसले साच्चै धमिलो देख्छ भने उसलाई तुरुन्तै चिकित्सकका लैजानु उपर्युक्त हुन्छ, किनकी यो आँखा कमजोर हुनुको लक्षण हुनसक्छ ।

६. यदि बच्चाले टिभी हेर्दाहेदै आँखा बन्द गरेर टाउको हल्लाउन थाल्छ भने पनि त्यो कमजोर आँखाको लक्षण हुनसक्छ ।

७. त्यस्तै, बच्चासँगको कुराकानीका क्रममा उसको आँखाको नानीलाई हेरेर पनि उसको आँखाको अवस्था थाहा पाउन सकिन्छ ।

८. कहिले कहिं निन्द्रा पूरा नहुदाँ वा अन्य कारणले पनि आँखा रातो हुने गर्छ । यदि बच्चामा आँखा रातो हुने समस्या देखिरहन्छ भने त्यो पनि कमजोर आँखाको लक्षण हुनसक्छ ।

९. यदि बच्चाले कुनै कुरा टाढाबाट देख्दैन, हेर्नका लागि नजिक नै आउनुपर्छ भने त्यो पनि आँखाको समस्या हुनसक्छ ।

१०. आँखा पोल्नु, दुख्नु वा आँखाबाट निरन्तर पानी बग्नु पनि आँखा कमजोर भएको लक्षण हो । यदी कुनै बच्चामा यस्ता लक्षण देखा परेमा तुरुन्तै चिकित्सकका जानु पर्छ । अन्यथा तपाईको बच्चाको आँखामा असर पुग्न सक्छ ।

 

ऐजेन्सीको सहयोगमा