सोमबार ०८ पुस, २०८१

नेपाली समय

राष्ट्रिय बालअधिकार नीति २०७८ को पहिलो मस्यौदामा सुझाव आव्हान

राष्ट्रिय बालअधिकार नीति २०७८ को पहिलो मस्यौदामा सुझाव आव्हान

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तयार पारेको राष्ट्रिय बालअधिकार नीति २०७८ को पहिलो मस्यौदा सार्वजनिक गर्दै सुझाव आह्वान गरिएको छ ।

“प्रत्येक बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्न सक्ने सक्षम परिवार, सहयोगी समुदाय, सबल राज्य प्रणाली सहीतको बालमैत्री देशको निर्माण गर्ने ” लक्ष्यकासाथ यो नीति तर्जुमा गरिएको छ ।

नेपालको संविधान-२०७रु२ जारी भइसकेपछि र देशमा तीन तहको सरकार गठन भइसकेको अवस्थामा बालबालिका सम्बन्धी राष्ट्रिय नीति २०६९ लाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको हुँदा र बालबालिका सम्बन्धी ऐन २०७५ लाई पूर्णता दिनको लागि यो नीति ल्याईएको हो ।

बालबालिका सम्बन्धी राष्ट्रिय नीति २०६९ लाई पुनरावलोकन गर्ने गरि गत साल पुष महिनामा सार्वजनिक सुचना जारी गरि आवहान गरिएको सरोकारवाला हरुको सुझाव संकलन गरि राष्ट्रिय बालअधिकार नीति २०७८ को पहिलो मस्यौदा जारी गरिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय बालअधिकार परिषदले एक सुचना जारी गर्दै यहि जेठ २७ गते सम्म पहिलो मस्यौदा माथि सुझाव दिन आग्रह गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय बालअधिकार नीति २०७८ को प्रारम्भिक मस्यौदामा आफ्ना सुझावहरू महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सिंहदरबार काठमाडौँ वा राष्ट्रिय बालअधिकार परिषद श्रीमहल ललितपुरमा उपलब्ध गराउन अनुरोध गरेको छ । यस्तै विद्युतीय माध्यम मार्फत ईमेल ठेगाना [email protected] मा समेत सुझाव पठाउन सकिने परिषदले जनाएको छ ।

राष्ट्रिय बालअधिकार नीति २०७८ यहाँ क्लिक गरेर प्राप्त गर्न सक्नुहुनेछ ।