सोमबार ०८ पुस, २०८१

नेपाली समय

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण दिने

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण दिने

सरकारले १६ वर्षभन्दा माथि उमेरका विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रूपैयाँसम्म ऋण दिने भएकाे छ ।

कोरोना महामारीको समयमा विद्यार्थीहरु वौकल्पिक माध्यमबाट अध्ययन गरिरहेका छन् । ईन्टरनेट र ल्यापटप अहिले विद्यार्थीको लागि अत्यावश्यक भएको छ । यो कुरालाई सरकारले सम्बोधन गर्न यस्तो नीति ल्याएको हो ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो व्यवस्था गरिने घोषणा गर्नुभएको छ  ।

यस्तो ऋणको व्याजदर १ प्रतिशत रहने छ । विद्यार्थीले २ वर्षभित्र याे ऋण तिर्नुपर्नेछ । सो सुविधा सामुदायिक विद्यालय तथा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले पाउने छन् ।

१६ वर्षमाथिका विद्यार्थीलाई एक थान सिमकार्ड निः शुल्क समेत वितरण गर्ने अर्थ मन्त्रीले घोषणा गर्नुभएको छ  ।