सरकारले प्रारम्भिक बालविकासका शिक्षिकालाई मासिक पारिश्रमिक १५ हजार रुपैयाँ पु¥याएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै बालविकास कक्षाका शिक्षिकाको तलब वृद्धिको घोषणा गर्नुभएको हो । बाल विकास कक्षाका शिक्षिकाले पाउने तलबमा ८ हजार रुपैयाँ संघीय सरकारले दिने र बाँकी स्थानीय तहले दिनुपर्ने मन्त्री पौडेलले बताउनुभयो ।
प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रमिक १५ हजार बनाउनका लागि ५ अर्ब ५५ करोड विनियोजन गरिएको उहाँले बताउनुभयो ।