सोमबार ०८ पुस, २०८१

नेपाली समय

कोभिड अस्पतालको २० प्रतिशत शैया बालबालिकाको लागि, बालमैत्री बन्दै सरकार

कोभिड अस्पतालको २० प्रतिशत शैया बालबालिकाको लागि, बालमैत्री बन्दै सरकार

अहिले नेपालमा कोभिडको द्रोसो लहर चलिरहेको छ । पहिलो लहरमा भन्दा दोस्रो लहरमा बालबालिकाहरू बढीमात्रामा संक्रमित भइरहेका छन् । बालबालिकाहरूको लागि छुट्टै विशेष अस्पतालमा नभएको अवस्थामा सरकारले हरेक कोभिड अस्पतालको बिस प्रतिशत शैया कोभिड संक्रमित बालबालिकाको लागि छुट्याउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार परिपत्र गर्दै निर्देशन दिएको हो मन्त्रालयले भनेको छ कोभिड -१ ९ को प्रथम लहर नियन्त्रण उन्मुख हुदै गएको अवस्थामा पुनः दोश्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउदा सवैको अथक मेहनत र प्रयासले अवस्था कावु भित्रै रहन पुगेको छ । प्रथम लहर र दोश्रो लहरले अत्याधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धि तयारि प्रौढ र युवा लक्षित मात्र हुन पुगेको छ । दोश्रो लहर जस्तै पुनः तेश्रो , चौथो लहर आउन सक्ने र त्यसवेला वालवालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्य नजर गर्दै आफ्नो स्वीकृत शैयाको कम्तिमा २० शैया कोभिड १ ९ संक्रमित वालवालिकाको उपचारमा प्रयोग हुने गरी तयारि अवस्थामा राख्नुहुन अनुरोध छ ।

बालबालिकाको क्षेत्रमा क्रियाशील व्यक्तिहरुले सरकारको यस निर्णयलाई स्वागतम गरेका छन् । राज्य बालबालिकाहरू प्रति थप जिम्मेवारी बन्दै गएको र अब छिट्टै बालमैत्री नेपालको सपना साकार हुने तर्फ अगाडी वढेको बताएका छन् ।