सोमबार ०८ पुस, २०८१

नेपाली समय

आजबाट नयाँ शैक्षिक सत्र सुरु, साउन एक बाट पठनपाठन सुरु हुने

आजबाट नयाँ शैक्षिक सत्र सुरु, साउन एक बाट पठनपाठन सुरु हुने

देशभरिका विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोरोना महामारीको कारणले वैशाखमा सुरु हुनुपर्ने शैक्षिक सत्र दुई महिना ढिला गरि सुरु भएको हो । आजबाट सुरु भएको नयाँ शैक्षिक सत्र अन्तर्ग देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी मन्त्रालयले गरेको छ ।

सामुदायीक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष कृष्ण थापाका अनुसार, ‘मूल्यांकन गर्न बाँकी रहेका एसईई सहितको नतिजा विद्यालयले सम्बन्धित इकाइमा बुझाइसकेपछि साउन एक गतेदेखि पठनपाठन शुरु गर्ने कार्यतालिका बनेको छ ।’

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार नयाँ भर्नाका लागि जेठ २५ देखि प्रचार प्रसार गरी असार १ देखि भर्ना अभियान शुरु गर्ने कार्यतालिका बनेको थियो । त्यही कार्यतालिका अनुसार स्थानीय सरकारले महिनाभर भर्ना अभियान संचालन गर्न लागिएको हो ।भर्ना अभियान संचालन सँगै विद्यालयहरुले सबै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्नुपर्ने छ । अहिले अधिकांश स्थानिय तहहरुले विद्यार्थीको मूल्यांकन गरेर नतिजा सार्वजनिक गरिसकेका छन् ।

सामान्यतः एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्ने व्यवस्था रहेको थियो । कोरोना संक्रमणका कारण अन्य क्षेत्रजस्तै विद्यालयहरु पनि प्रभावित भएपछि शिक्षा मन्त्रालयले नियमावलीलाई संशोधन गरेर शैक्षिक सत्र दुई महिना ढिला गरी सन्चालन गर्ने निर्णय गरेको थियो ।