अमेरिकाको पेन्सिलभेनियामा अनौठो चरा फेला परेको छ । पन्छीविद् जेमी हिलले आधा पोथी र आधा भाले भएको एउटा चराको तस्बिर खिचेपछि यो चर्चामा आएको छ । नोर्दन कार्डिनल भनिने उक्त चरा देखेपछि पन्छीविद् हिलले आफ्नो क्यामरामा चराको तस्बिर लिएका थिए ।
अवकाशप्राप्त पन्छीविज्ञ हिलले भने, यो जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एउटा थियो । उनलाई सुरुमा उक्त चरा आधा भाले र आधा पोथी भएको जस्तो लागेको थिएन । पछि अनुसन्धानका क्रममा सो चरा दुई लिङ्गी भएको पुष्टि भयो । यस्ता चरामा काम गर्ने अवस्थाकै अण्डाशय र डिम्बाशय दुवै हुन्छन् । हिलले ४८ वर्षदेखि चराहरूको अवलोकन गर्दै आएका छन् । आधा भाले र आधा पोथीका रूप भएका चराहरू भेटिनु निकै दुर्लभ घटना भएको वेस्ट्रर्न इलनोई विश्वविद्यालयका प्राध्यापक ब्रायन पियर बताउँछन् ।