सोमबार ०८ पुस, २०८१

नेपाली समय

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी, चार जना घाइते

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी, चार जना घाइते

काठमाडौंको पानीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी हुँदा चार जना कामदार घाइते भएका छन् ।

अस्पतालको नवनिर्मित भवनमा मंगलबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ । भवनमा बिद्युत वाइरिङ गर्ने क्रममा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागीमा परी घाइते चार जना कामदारको शिक्षण अस्पतालमा उपचार गरिएको छ । आगो सेना प्रहरी लगाएतले आधा घण्टामा नियन्त्रणमा लिएको थियो ।

अस्पतालमा विद्युतको काम गरिरहेका कामदारले बिद्युत वाइरिङ गर्ने क्रममा आगलागी भएको जानकारी दिएका छन् । आगलागीबाट भएको क्षतिको पूर्वविवरण भने आएको छैन ।