सोमबार ०८ पुस, २०८१

नेपाली समय

बालबालिकालाई आइसियू थप्दै सरकार, १५८ पिआइसियू र एनआइसियू तयारी अवस्थामा

बालबालिकालाई आइसियू थप्दै सरकार, १५८ पिआइसियू र एनआइसियू तयारी अवस्थामा

कोरोना महामारीले सबै वर्गका मानिसहरुलाई असर पुर्यएको छ । नेपालमा मात्र नभएर संसारका अधिंकाश देशहरुमा समस्या सृजना गरेको कोरोनाको विभिन्न लहरहरु आईरहेको छ । नेपालका करिब एक वर्ष सम्म पहिलो लहर रहेको थियो भने अहिले हामिले दास्रो लहरको सामना गरिरहेका छौं । विज्ञहरूले तेस्रो लहर पनि आउने र त्यो अझ जोखिमयुक्त हुने चेतावनी दिई रहेका छन् ।

नेपालमा कोरोनाको पहिलो लहरमा वृद्धवृद्धा र दोस्रो लहरमा युवाहरू बढी संक्रमित बनेका छन् । तेस्रो लहरको संक्रमण बालबालिकाकेन्द्रित हुने विज्ञहरूको भनाइ छ । संसारभर नै १८ वर्षमुनिका बालबालिकामा कोरोनाविरुद्धको खोप लगाइएको छैन । केहि देशका बालबालिकाहरुमा खोपको परिक्षण भईरहेता पनि ठोस नतिजा आएको छैन् । त्यसकारण पनि तेस्रो लहरले बालबालिकालाई बढी प्रभावित बनाउने विज्ञहरूले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ २१ गते देशभरका सबै अस्पताललाई २० प्रतिशत बेड कोरोना संक्रमित बालबालिकाको उपचारका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो । मन्त्रालयले तेस्रो र चौथो लहरमा बालबालिका वढि जोखिममा बढी संक्रमित हुन सक्ने भन्दै सबै अस्पताललाई यस्तो तयारी गर्ने निर्देशन दिएको जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार देशभर एमबिबिएस गरेका २४ हजार आठ सय १४ चिकित्सक छन् । तीमध्ये विशेषज्ञता हासिल गरेका चिकित्सकको संख्या सात हजार ६ सय ९१ छन् । बालरोग विशेषज्ञको संख्या भने करिब साढे तीन सयको हाराहारीमा मात्रै छ ।

२५ भन्दा धेरै बेड भएको अस्पतालमा अनिवार्य बच्चाको डाक्टर हुनुपर्ने सरकारी व्यवस्था छ । देशभर २८ वटा यस्ता अस्पताल छन् । तर, अधिकांशमा बच्चाको डाक्टर छैनन् । विश्व स्वास्थ्य संगठनले १८ वर्षमुनिकालाई बालबालिकाको सूचीमा राख्ने गरेको छ ।नेपालको जनगणना २०६८ को तथ्याङ्क अनुसार नेपालमा १८ वर्षमुनिका ८२ लाख ४३ हजार दुई ३७ बालबालिका छन् ।

सरकारले देशभरका अस्पतालमा दुई सय ७५ पिआइसियू र एचडियू थप्ने योजना बनाएको छ । साना अस्पतालमा पाँच बेड र ठूला अस्पतालमा २० बेडसम्म थप गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ । सरकारले रकम उपलब्ध गराउने र सम्बन्धित अस्पतालले आवश्यकताअनुसार पिआइसियू र एचडियू व्यवस्थापन गर्नेछन्  तयारी भईरशेको र छिटै सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ ।

हाल अस्पतालको पिआइसियू र एनआइसियू बाल आइसियूको अवस्था

कान्तिमा बाल अस्पताल ५०
शिक्षण अस्पताल २५
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान १०
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ५
मणिपाल मेडिकल कलेज १२
चितवन मेडिकल कलेज २९
कलेज अफ मेडिकल साइन्सेस ५
भरतपुर अस्पतालमा १२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ५
नेपालगन्ज मेडिकल कलेज ५

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप्न लागेका बाल आइसियू बेडहरु
मेची अस्पताल ५
धौलागिरि अस्पताल ५
भीम अस्पताल ५
कोसी अस्पताल १०
गजेन्द्रनारायण अस्पताल १०
जनकपुर अस्पताल १०
नारायणी अस्पताल १०
भरतपुर अस्पताल २०
लुम्बिनी अस्पताल १०
राप्ती प्रतिष्ठान १०
भेरी अस्पताल १०
सेती अस्पताल १०
महाकाली अस्पताल १०
डडेल्धुरा अस्पताल १०
सुर्खेत अस्पताल १०
जुम्ला मेडिकल कलेज १०
बिपी कोइराला १५
पोखरा स्व.वि. प्र. १५
कान्ति बाल अस्पताल २५
पाटन अस्पताल २५
शिक्षण अस्पताल २५
धुलिखेल अस्पताल २५