कोरोना भाइरसपछि पहिलो चरणको तीन महिनाभन्दा लामो लकडाउन सकिएर अहिले मुलुक दोस्रो चरणको महामारीमा छ । कोभिड–१९ को संक्रमण चुलिँदै गएपछि विगत पाँच महिनादेखि बन्द रहेका विद्यालयहरु कहिलेदेखि सञ्चालनमा आउँछन्, कुनै टुंगो छैन ।
यस किसिमको अन्यौलताले सिंगो शैक्षिक शत्र नै पछाडि धकेलिने चिन्ता बढ्दै गएको छ । यस्तोमा सरकारले शैक्षिक सत्रलाई प्रभावित हुन नदिन वैकल्पिक सिकाईका माध्मयबाट पढाई सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
यसको अर्थ अब अनलाइन कक्षा तथा वैकल्पिक माध्यमबाट सञ्चालन हुने कक्षालाई नै सरकारले मान्यता दिनेछ । यस्तोमा ‘वेद सिस्टम’ अनलाइन सिकाइका लागि उपयुक्त माध्यम बनेको छ ।
जसले हाल ६ सय ५० भन्दा बढी विद्यालयलाई प्रविधिमार्फत प्रभावकारी सञ्चालनका साथै भर्चुअल माध्यमबाट कक्षा सञ्चालनमा सहयोग पुर्याउँदै आएको छ । अनलाइन कक्षा मात्र होइन, वेदले अनलाइनबाटै गृहकार्य दिन सकिने र परीक्षा सञ्चालन गर्न सकिने प्रणाली समेत विकास गरेको छ ।
उत्कृष्ट अनलाइन सिकाइ प्रविधि र त्यसमा बिक्रीपछिको सेवालाई प्राथमिकमा राख्दै आएको वेदले अब शिक्षक तथा विद्यार्थीलाई एकै ठाउँमा ल्याएर लाखौं मूल्यका विभिन्न उपहार समेत प्रदान गर्ने भएको छ । त्यसका लागि कम्पनीले ‘हातहातमा शिक्षा’ नामक अभियान थालेको छ ।
यो अभियान सामाजिक सञ्जाल फेसबुकमा एक महिनासम्म चल्नेछ । यसका लागि वेदले खल्ती मोबाइल वालेटसँग सहकार्य गरेको छ । कोभिड–१९ को समयमा अनलाइन शिक्षालाई सफल बनाउन विद्यार्थी र शिक्षकले गरको योगदानलाई सम्मान गर्न कम्पनीले यो ‘हातहातमा शिक्षा’ सञ्चालनमा ल्याएको हो ।
यो योजनामा सहभागी हुने शिक्षक तथा विद्यार्थीले अनलाइन कक्षाको अनुभवसहित ३० सेकेन्ड लामो भिडिओ बनाउनुपर्ने छ । जसलाई उनीहरुले आफ्नो फेसबुकमा शेयर गर्नुपर्नेछ ।
भिडिओमार्फत आफ्नो अनुभव शेयर गर्ने सबै सहभागीले खल्ती वालेटमा सय रुपैयाँ ब्यालेन्स प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट हुनेलाई ल्यापटप सहित लाखौं मूल्यका आकर्षण पुरस्कार समेत प्रदान गरिनेछ ।
कसरी सहभागी हुने ?
यस्ता छन्, उपहार