सोमबार ०८ पुस, २०८१

नेपाली समय

विद्यार्थीलाई विद्यालय आउजाउ गर्न चिप्लो सिढि माथि बोरा

विद्यार्थीलाई विद्यालय आउजाउ गर्न चिप्लो सिढि माथि बोरा

लामो समय सम्म कोरोना महामारीले बन्द रहेको विद्यालयहरु विस्तारै खुल्न थालेका छन् । करिब छ महिना बढि भौतिक रुपमा कक्षा सञ्चालन नभई दबन्द रहेका विद्यालयलाई पुरानै अवस्थामा र्फकाउन केहि समय भने पक्कै लाग्नेछ ।
लामो समय बन्द रहदा पुराना भवनहरु तथा ठुला चौरहरुमा। झार भरिएका छन् त कतै छाना चुईएका छन् । यस बर्ष लामो समय सम्म परेको बर्षाले समेत देशका धेरै स्थानमा विभिन्न समस्याहरु सृजना गरेको छ ।
यस्तै समस्या पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका वडा नम्बर ६ स्थित श्री बालकल्याण प्रा.वि. लाई परेको छ । अन्य विद्यालय जस्तै श्री बालकल्याण प्रा.वि.मा पनि भौतिक रुपमा कक्षा सञ्चालन सुरु भयो । तर विद्यालयको दुई वटा भवन जोड्ने लामो समय देखि प्रयोग विहिन सिढि भने बर्खाको कारण चिप्लो भएर हिड्न नसकिने अवस्थामा पुगेको थियो । कोरोना महामारीले थला पारेको शिक्षा क्षेत्रमा पुन भौतिक संरचनाले समस्या बनायो ।

सधै समस्या लाई दोष दिएर आफु उम्कने बानि परेका हामि माझ श्री बालकल्याण प्रा.वि. नमुना बनेको छ । श्री बालकल्याण प्रा.वि. भित्र रहेको करिब ३० सिढिमा नियमित रुपमा आउजाउ गर्ने विद्यार्थी ५० भन्दा बढि रहेको र शिक्षकहरु दैनिक धेरै पटक आउजाउ गनुपर्ने अवस्था रहेको शिक्षक प्रकाश देबकोटाले बताउनु भयो । यसरी शिक्षक र विद्यार्थी नियमित आउजाउ गर्ने बाटोमा समस्गा भएपछि विद्यालय प्रशासनले उक्त चिप्लो सिढि माथि जुटको बोरा राख्ने जुक्ति लगायो ।

उक्त कार्यमा सहयोगिको रुपमा शिक्षक अभिभावक संघका अध्यक्ष केश बहादुर काम्मुले बोरो सहयोग गर्नुभएको शिक्षक प्रकाश देबकोटाले जानकारी दिनुभयो । यसरी पठनपाठनमा समस्या बनाएको बाटोको समस्या सहज रुपमा समाधान भएको छ ।
अब हामि सबैले केही भयन भनेर बस्नुको सट्टा आफै केहि सानो काम सुरु गरे पनि अर्थपूर्ण हुन्छ भन्ने उदाहरण श्री बालकल्याण प्रा.वि. बनेको छ ।


तस्बिर सैजन्य: प्रकाश देबकोटा