सोमबार ०८ पुस, २०८१

नेपाली समय

बाल मस्तिष्कका लागि थप्पड पनि गम्भीर हिंसाः पिट्दा बच्चाको निर्णय लिने क्षमतामा असर

बाल मस्तिष्कका लागि थप्पड पनि गम्भीर हिंसाः पिट्दा बच्चाको निर्णय लिने क्षमतामा असर

नेपालमा घर वा स्कूलमा बालबालिकामाथि कुटपिट गर्नु सामान्य मानिन्छ । धेरैजसो मानिसहरु बच्चालाई कुटेर नै संस्कारी बनाउन चाहन्छन् । साथै पढाउन र अनुशासित बनाउन कुटाइलाई एउटा माध्यमको तरिका मानिन्छ । तर यसलाई साधारण कुरा ठान्ने आमा–बुवा, अभिभावक र शिक्षक, शिक्षिका अब अलर्ट हुनुहोस् ।

हार्वर्डमा हालै भएको एक अनुसन्धानमा सामान्य पिटाइले पनि बच्चाको दिमागमा हिंसाका अन्य तरिका झैं गहिरो असर पार्छ । सहज शब्दमा भन्ने हो भने बाल मस्तिष्कका लागि थप्पड पनि उनीहरुमाथि भएको कुनै प्रकारको गम्भीर हिंसा जस्तै हुन्छ ।चाइल्ड डेभलपमेन्ट जनरलमा प्रकाशित यो अनुसन्धानका अनुसार पिटाइ खाने बच्चाको दिमागले कुनै खतराको सामना गर्नुपर्दा उसले आफूमाथि भएको दुर्व्यवहार नै ठान्छ र सही निर्णय लिन सक्दैन ।

बच्चालाई नितम्बमा हिर्काउनु र उनीहरुमाथि गम्भीर कुटपिटको अन्तर, तर मस्तिष्कमाथि एकै खालको असरः

यहाँ यो बुझ्न आवश्यक छ कि बच्चामाथि कुटपिटको अर्थ उनीहरुमाथि हुने गम्भीर हिंसा होइन जसमा उनीहरुलाई चोट पुर्याउने नियतले नराम्रोसँग लात्ती–मुक्का वा कुनै हतियारले पिट्नु सामेल हुन्छ ।
यहाँ पिट्नुको अर्थ घर वा स्कूलमा हुने साधारण कुटपिटले जस्तै थप्पड हान्नु, लट्ठी वा रुलरले कुट्ने, पिठ्यूँमा वा नितम्बमा कुट्नु आदि । अंग्रेजीमा यसका लागि विशेष शब्द ‘स्पाङ्किङ’ प्रयोग गरिन्छ । यद्यपि, यो अनुसन्धानका अनुसार बच्चाको मस्तिष्कमा दुबैको असर एकै किसिमको हुन्छ ।

हार्वर्डका अनुसन्धाताका अनुसार जुन बच्चालाई कुटिन्छ, उनीहरुको मस्तिष्कको प्रिफन्टल कर्टेक्सका थुप्रै हिस्साको तन्त्रिका निकै तीब्र प्रतिक्रिया गर्छ । अर्थात्, ती हिस्साको न्यूरल रेस्पोन्स बढी हुन्छ ।

यसमा ती हिस्सा पनि समावेश हुन्छन् जुन आसपास कुनै प्रकारको खतरा हुँदा हाम्रो प्रतिक्रियालाई निश्चित गर्छ । यसमा निर्णय लिने र स्थितिमाथि विचार गर्ने प्रक्रियामा गहिरो असर पर्छ ।

अनुसन्धानले भने, ‘धेरैजसो मानिसहरु बच्चाको कुटपिटलाई हिंसा मान्दैनन्

यो शोधका वरिष्ठ अनुसन्धाता तथा डिपार्टमेन्ट अफ साइकोलोजीका असोसिएट प्राध्यापक केटी ए म्याकलाघिन भन्छन्, ‘हामी यो त राम्रोसँग थाहा छ कि जुन बच्चाको परिवार शारीरिक दण्डको प्रयोग गर्छन्, उनीहरु चिन्ता, डिप्रेशन, व्यवहार सम्बन्धी समस्या र मानसिक स्वास्थ्यसँग सम्बन्धित अन्य समस्या जन्मने सम्भावना बढी हुन्छ । तर धेरैजसो मानिसहरु बच्चालाई कुटपिटलाई हिंसा मान्दैन । यो अनुसन्धानमार्फत् हामी यो जान्न चाहन्थ्यौं सक बच्चाको पिटाईको न्यूरो बायोलोजिकल असर के हुन्छ, विशेषगरी मस्तिष्कको विकासमा ।’

चिन्ता, डिप्रेशन र ड्रग्सको लतको शिकार हुन्छन् बच्चाः

अनुसन्धानका अनुसार करपोरल पनिसमेन्ट अर्थात् शारीरिक दण्ड मानसिक स्वास्थ्यसँग सम्बन्धित छ । यसका कारण बालबालिका चिन्ता, डिप्रेशन, व्यवहार सम्बन्धि समस्या वा लागुऔषधको लतको शिकार हुन्छन् ।

मेकलाघिन र उनका साथी अनुसन्धाताले ३ देखि ११ वर्षका बच्चामाथि गरिएको एउटा ठूलो अनुसन्धानको डाटा विश्लेषण गरे । उनी १४७ यस्ता बच्चामाथि केन्द्रित भए जसमाथि सामान्य कुटपिट त भएको थियो तर उनीहरुले कुनै प्रकारको गम्भीर हिंसाको सामना गर्नुपरेको थिएन ।

यसरी भयो अनुसन्धान… एमआरआई मेसिनमा बच्चालाई देखाइयो भयभित अनुहार

हरेक बच्चालाई एमआरआई मेसिनमा सुताएर कम्प्युटर स्क्रिन देखाइयो । उक्त स्क्रिनमा डरलाग्दो र सामान्य अनुहार बनाउने कलाकारका भिन्न भिन्न तस्बिर देखाइए ।

एमआरआई स्क्यानरबाट यी तस्बिर हेर्दा बच्चाको मस्तिष्कका भिन्न भिन्न हिस्सामा हुने प्रतिक्रिया हेरियो ।

औसतमा सबै बच्चाको मस्तिष्क सामान्य अनुहारको तुलनामा डरलाग्दो अनुहार आउँदा बढी सक्रिय देखिए तर जुन बच्चाको पिटाइ हुन्थ्यो उनीहरुको प्रिफ्रंटल कटेक्स (पीएफसी) का थुप्रै क्षेत्र निकै बढी सक्रिय देखिए । अर्कोतर्फ जुन बच्चामाथि कहिल्यै कुटपिट भएको थिएन उनीहरुको पीएफसीमा यस्ता प्रतिक्रिया आएनन् ।

यसको ठिक विपरित घर वा स्कूलमा सामान्य पिटाई खाने बच्चा र गम्भीर दुर्व्यवहार झेल्ने बच्चाको मस्तिष्कको प्रतिक्रियामा कुनै अन्तर थिएन ।

हामीले बच्चामाथि गरिने साधारण कुटपिट, अन्य प्रकारको हिंसा वा गम्भीर दुर्व्यवहारभन्दा भिन्न छ भनेर सोच्छौं तर बाल मस्तिष्कलाई यी दुबैले बराबर असर पार्छन् ।

अनुसन्धानका अनुसार यो निकै साधारण लाग्ने कुटपिट अर्थात् स्प्याङ्किङको बच्चाको मस्तिष्कको विकासमा पर्ने प्रभावको विश्लेषणको दिशामा पहिलो कदम हो । यो दिशामा थप काम गर्न आवश्यक भएको अनुसन्धानकर्ता बताउँछन् ।

कर्पोरल पनिस्मेन्टको हरेक बच्चामा भिन्न भिन्न असरः

करपोरल पनिस्मेन्ट अर्थात् शारीरिक दण्डले हरेक बच्चामा एउटै किसिमको असर पार्दैन तर यस्ता बच्चाले कुनै खतराको सामना गर्दा तत्काल प्रतिक्रिया दिन सक्दैनन् ।

अनुसन्धानका अनुसार शारीरिक दण्ड बच्चाको विकासका लागि एक जोखिम हो त्यसैले आमा–बुवा र नीति निर्माताले यो बानी वा तरिका रोक्ने दिशामा काम गर्नुपर्छ ।

कुटपिटको असरबारे थप अनुसन्धान आवश्यकः

विशेषज्ञका अनुसार बच्चालाई हल्का–फुल्का कुटपिट गर्नु पनि उनीहरु माथि हिंसा हो । बालकालिकामाथि कुटपिट पनि अन्य शोषणभन्दा कम होइन । कुटपिटको बालबालिकामाथि गहिरो असर, यो कुरामा थप अनुसन्धान आवश्यक ।

अनुशासनको नाममा पनि बालबालिका कुटपिटमाथि रोक

कन्भेन्सन अन द राइट्स अफ द चाइल्ड २००६ मा बच्चाको हरेक प्रकारको हिंसाबाट सुरक्षा दिनुपर्ने कुरा गरिएको छ । कन्भेन्सनमा बच्चालाई अनुशासित गर्नका लागि कुनै पनि प्रकारको सजायको कुरा गरिएको छैन । यो कन्भेन्सनकै कारण संसारभरीका १६८ देशमा बालबालिकालाई मृत्युदण्ड दिइँदैन ।