आइतबार ०७ पुस, २०८१

नेपाली समय

अमर इङ्लिस स्कुल रजहरले ग¥यो निर्वाचनद्वारा बाल क्लव गठन

अमर इङ्लिस स्कुल रजहरले ग¥यो निर्वाचनद्वारा बाल क्लव गठन

५८ औं रास्ट्रीय बाल दिवसरको अवसरमा देवचुली–१६, रजहरमा रहेको अमर इङ्लिस स्कुल बाल क्लब गठन गरेको छ । प्रजातान्त्रिक निर्वाचन प्रकृयाद्वारा अमर बाल क्लब को निर्वाचन गरेको छ।

बिद्यार्थीहरुलाइ प्रजातान्त्रिक निर्वाचन प्रक्रिया बारे प्रयोगात्मक तरिकाले बुझाउन, निर्वाचनको लागि उपयुुक्त एवं दुरदर्शि भिजन, योजना र एजेन्डा निर्माण गर्नुका साथै सहि नेतृत्व चयन गर्न सक्षम बनाउनका लागि यस किसिमको कार्यक्रमको आयोजना गरिएको बिद्यालयका प्रधानध्यापक पदम बरालले बताउनुभयो ।

बुधबार बिहान १० बजे देखि सुरु गरिएको कार्यक्रममा बिद्यार्थीलाई उम्मेदवारी दर्ता गराउने, उम्मेदवारी फिर्ता लिने, चुनाव चिन्ह् छनोट गर्ने, एजेण्डा सहित प्रचार प्रसार गर्ने र मौन अबधी पछि भोट हाल्ने जस्ता सबै प्रक्रिया पूरा गरि निर्वाचन सम्पन्न गरिएको हो ।

कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरु सहभागी भएको निर्वाचनमा अध्यक्ष पदका लागि ६ जना, उपाध्यक्षमा ४ जना, सचिवमा ४ जना, सहसचिवमा ४ जना, कोसाध्यक्षमा ५ जना, कक्षा ६ को प्रतिनिधिमा ६ जना, कक्षा ७ को प्रतिनिधिमा ३ जना, कक्षा ८ को प्रतिनिधिमा ६ जना र कक्षा ९ को प्रतिनिधिमा २ जना गरि जम्म ४० जनाको उम्मेदवारी रहेको थियो।

साझ ४ बजे सम्ममा बिद्यार्थीहरुको उत्साहजनक सहभागितामा निर्वाचन प्रक्रिया सभ्य रुपले सम्पन्न भएको र जम्मा मतदाता संख्या १५४ मध्य १४६ भोट खसेको आन्तरिक निर्वाचन अधिकृत द्रौपती बरालले बताउनु भयो । साथै मतपेटिकालाई मुचुल्का उठाएर सुरक्षीतसाथ राखिएको र भोलि बिहान देखि मतगणना हुने सहायक अधिकृत सुरज पोख्रेलले जानकारी दिनुभयो।