११ वर्षीय सरोज थापाले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत जिम्नास्टिकको आशालाग्दा खेलाडी ९वेस्ट प्रमिसिङ प्लेयर० को अवार्ड पाएका छन् ।
उनलाई प्रतियोगितामा सानै उमेर भए पनि उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्रोत्साहनस्वरुप उक्त अवार्ड दिइएको हो। उनले प्रतियोगिताका ६ विधामा भाग लिएका थिए।
तर कुनै विधामा उनले पदक जित्न भने सकेनन्। उनले अब आफूले आगामी प्रतियोगिताका लागि तयारी गर्ने बताए।
नवलपुरका ११ वर्षीय सरोजले गण्डकी प्रदेशको टिमबाट नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गरेका थिए।
गण्डकीको टिममा पर्नुअघि उनी घरमै उल्टी(सुल्टी हान्थे। इन्टरनेटमा भिडिओ हेरेर सिकेका उनले घरमै म्याटमा अभ्यास गर्ने गरेका थिए। चन्चले स्वभावका सरोज कक्षा ६ मा पढ्छन्। स्कुलमा जिम्नास्टिक सिक्ने कुनै सामग्री नभएका कारण उनी त्यहाँ तेक्वान्दो खेल्छन्।
खेतीकिसानी गर्ने आफ्नी आमाले खेलमा लाग्न निकै सहयोग गरेको उनको भनाइ छ। बुवा भने वैदेशिक रोजगारीका लागि कतारमा छन्।